नेपालमा नाकाबन्दी गर्न भारतीय विदेश मन्त्रालयमा बैठक
आफ्नो मान्यता अनुसार संविधान नबनाएको भन्दै रिसाएको भारतले नेपालमा नाकाबन्दी गर्न थप छलफल सुरु गरेको छ ।
नेपालमा नाकाबन्दी गर्ने की नगर्ने भन्ने विषयमा भारतीय विदेश मन्त्रालय नयाँ दिल्लीमा अहिले बैठक बसिरहेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रे र भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायको पनि बैठकमा सहभागिता रहेको छ ।
नेपाली दूतावास स्रोतका अनुसार बैठकमा अधिकांश भारतीय कुटनीतिज्ञ नेपालमा नाकाबन्दी लगाउनैपर्ने पक्षमा उभिएका छन् । केहीले अहिले नै यस्तो कदम
चाल्न नहुने पनि बताएका छन् । यद्यपी कुनै निर्णय भएको छैन् । अहिले बैठक जारी छ ।
बैठकमा नेपालका लागि भारतीय राजदूत रन्जित राय, विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरसहितका अधिकारी उपस्थित छन् । बैठकमा नेपाली पक्षको सरोकार राख्न राजदूत दीपकुमार उपाध्याय सहभागी छन् ।
स्रोतका अनुसार, भारतका उत्तरप्रदेश/बिहार राज्य सिमावर्ती नेपाली भूभागमा देखिएको अशान्तिको माहोल र बढ्दो असुरक्षाका कारण भारतले आवतजावतका सीमावर्ती नाका बन्द गर्ने विषयमा छलफल गर्न भारतीय विदेश मन्त्रालयमा आकस्मिक बैठक राखिएको हो ।
स्रोत : दैनिक नेपाल

No comments: