LATEST NEWS

४५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको खुलासा

Posted by Unknown ~ Saturday, 26 September 2015

जाजरकोट–यहाँका पैतालीस प्रतिशत महिलाहरु घरमै असुरक्षित रुपमा सत्केरी हुने गरेको तथ्यांक सार्वजानिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक शाखाले दिएको जानकारी अनुसार जाजरकोटका ४५ प्रतिशत महिलाहरु अझै पनि असुरक्षित रुपमा सुत्केरी हुन वाध्य भएको पाईएको छ । ३० वटा गाविसमा ३४ वटा स्वास्थ्य संस्था रहेका छन् । आर्थीक वर्ष २०७०÷७१ मा १८ प्रतिशत सुत्केरी महिलाहरु स्वास्थ्य संस्थामा आई दक्ष स्वास्थ्यकर्मीवाट सुत्केरी भएका थिए । २२ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको तथ्यांक रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७१–७२ मा २५ प्रतिशत महिलाहरु दक्ष स्वास्थ्य कर्मीको सहयोगमा स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए भने २९ प्रतिशत मात्र स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको रेर्कड रहेको छ । आर्थीक वर्ष २०७१÷७२मा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएका महिलाहरु मध्ये पहिलो पटक गर्भवती जाँच गर्न आउनेको संख्य ६० प्रतिशत रहेको छ भने तेस्रो पटक गर्भवती जाँच गर्न आउनेको संख्य २७ प्रतिशत मात्र भएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जन्मिएका वच्चा मध्ये २०७०÷७१ मा क्षयरोग सम्वन्धि खोप १०७ प्रतिशत एक वर्ष मुनीका वालवालीकालाई लगाएको छन् । दादुरा ,रुवेला विरुद्धको खोप ९५ प्रतिशत वालवालीकालाई लगाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply