स्वस्थ बच्चा जन्माउन के गर्नु पर्छ त ? (थाहा पाउनुहोस)
स्वस्थ शिशु जन्माउनका लागि गर्भवती महिला शारिरिक वा मानसिक रुपमा स्वस्थ हुनु आवश्यक छ । गर्भवती हुँदा विशेष ध्यान दिनुका साथै आफ्नो र आफ्नो बच्चाको स्वास्थ्यबारे नियमित जानाकारी राख्न आवश्यक छ । बच्चा जन्माउनुअघि नियमित परीक्षण बच्चा जन्माउनुअघिको स्वास्थ्य परीक्षण तपाईँ र तपाईको बच्चाको लागि निकै महत्वपूर्ण हुन्छ । जब तपाईँ आफू गर्भवती महशुस गर्नुहुन्छ तत्कालै नजिकको स्वास्थ्यकर्मीकहाँ पुग्नुहोस् ।
स्वास्थ्यकर्मीले तपाईलाई सुरक्षित गर्भावस्थाबारे उचित परामर्श दिनेछन् । स्वास्थ्यकर्मीले तपाईँको गर्भसँग सम्बन्धित खतरा पहिचान गरी आवश्यक सुझाब दिन्छन् ।
खानपिनमा ध्यान
तपाईँले के खानुहुन्छ भन्ने विषय गर्भावस्थ सम्बन्धी स्वास्थ्यको महत्वपूर्ण अंश हो । तपार्इँले जे खानुहुन्छ, बच्चाले पनि त्यही खाने भएकोले राम्रो पोषणको आवश्यकता तपार्इँलाई मात्र होइन बच्चाको वृद्धि र विकासका लागि पनि महत्वपूर्ण हुन्छ । आफू र बच्चाको स्वास्थ्यको लागि स्वस्थ भोजन र पर्याप्त झोलिलो पर्दाथ खानुहोस् ।
पीडाको व्यबस्थापन
बच्चालाई नयाँ संसारमा ल्याउनु भनेको चानेचुने कुरा होइन । गर्भाअवस्था पीडादायी अवस्था भएकोले बारम्बार पीडा अनुभव गर्नु सामान्य कुरा हो । तर, अत्यधिक पीडाले स्वास्थ्यमा समस्या आउनुका साथै समय नै नपुगी बच्चा जन्मिने (३७ साताअघि) सम्भावना हुन्छ । पीडाको व्यबस्थापन गरेर एउटा स्वस्थ बच्चा जन्माउनुपर्छ ।
नियमिति व्यायाम
गर्भाअवस्थामा नियमित व्यायाम गरेमा तपाईँको सामान्य स्वास्थ अवस्थामा महत्वपूर्ण हुन्छ । यसले तपाईँलाई बच्चा जन्माउदा प्रसव पीडाको बेलामा पनि उपयोगी हुन्छ । निमित व्यायामले पीडा घटाउनुका साथै फुर्तिलो अनुभूति गराउँछ । अमेरिकी कंग्रेस अफ अबस्ट्र«ाइक एन्ड गाइनोलोजी (एसीओजी) दैनिक ३० मिनेट हल्का हिड्न सुझाव दिएको छ ।
पर्याप्त आराम
गर्भवती हुँदा असजिलो भई सुत्न समस्या पर्न सक्छ । राम्रोसँग निदाउन स्वस्थ भोजन खानुहोस्, व्यायाम गर्नुहोस् र चिन्ता हटाउनुहोस् । योगा वा सुत्नुअघि तातो पानीले नुहाँउदा पनि निन्द्रा लाग्न सक्छ । रातभर निन्द्रा लागेन भने दिनमा आराम गर्नुहोस् ।
गर्भावस्थामा त्याग्नैपर्ने खाना
तपार्इँ गर्भवती हुँदा तपाई र बच्चालाई फाइदाको लागि कुनै खानेकुरा त्याग्न तपाईँमा चिनि रोगको समस्या छ वा छैन भन्ने बुझ्न निकै महत्व छ । तपार्इँ गर्भवती हुँदा तपाईँको बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्छ । समुद्री माछा त्याग्नुहोस् गर्भवती हुँदा तपाइले त्याग्नै पर्ने खाना भनेको ताता समुद्री माछा हो । अत्यधिक तातोपनले तपाईको बच्चाको स्नायु प्रणालीको विकासमा हानी गर्न सक्छ । त्यस्तै सोर्डफिस, सार्क र टाइल फिस पनि सकभर नखानुहोस् । त्यस्तै अन्य माछाहरु खाँदा पनि राम्रोसँग पकाएर मात्रै खानुहोला । अन्डाहरु पनि राम्रोसँग उसिनेर वा फ्राई गरेर खानुहोस् । धेरै चिल्लो नखानुहोस निर्मलीकरण नगरेका नौनी लगायतका चिल्लो पदार्थ नखानुहोस् । सेतो र निलो क्रिम खाने आदत छ भने त्यो पनि छोड्नुहोस् । राम्रोसँग उमालेको दूध खानुहोस् ।
क्याफिन
गर्भवती हुँदा तपाईँलाई थप थकित र कमजोर बनाउन सक्छ । तसर्थ कफीयुक्त खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलाले हरेक दिन २ सय एमजी भन्दा कम खानुपर्छ । एक कप कफीमा ९५ एमजी क्याफिन हुन्छ जबकि एक कप चियामा ४७ एमजी हुन्छ ।
मदिरा
मदिराले बच्चाको दिमागलगायत विकास हुँदै गएका ससाना अंगहरुमा हानी पुयाउन सक्छ । मदिरा सबेनले फेटल अल्कोहल स्पेक्ट्रम डिसअर्डरको खतरा हुन्छ । तसर्थ पछि दुःख मानेर पुर्पुरो समाउनु भन्दा सुरक्षित उपाय अप्नाउनु धेरै राम्रो हुनेछ । तसर्थ गर्भवती हुँदा मदिरा र मदिराजन्य कुनै पनि खानेकुरा नखानुहोस् ।
स्रोत : ओ यस नेपाल

No comments: