हिंसा भारतले फैलाएको आरोप
दवावमा राख्नुका साथै नराम्रो व्यवार गरेको भन्दै चर्को आलोचना गरेका छन् ।
भारतले मधेसी पार्टी र तिनका नेताहरूको आग्रहमा विगत तीन दिनदेखि अघोषित रुपमा नाकाबन्दी लगाएपछि नेपालका साथै विश्वभरि भारतको आलोचना सुरु भएको छ । स्वयं भारतभित्र पनि नेपालमा लगाएइको नाकाबन्दीको विरोध भएको छ ।
नेपालको संविधान २०७२ लाई भारत बाहेकका सबै अन्तर्राष्ट्रिय जगतले स्वागत र समर्थन जनाएका छन् । तर भारतले आफू अनुकुल संविधान नबनाएको भन्दै मधेसी दलहरूलाई उचालेर नेपालमा अघोषित नाकाबन्दी लगाइ रहेको आरोप छ ।
नेपालको संविधानमा भारतको आलोचनालाई लिएर पाकिस्तानमा ट्वीटर प्रयोगकर्ता हैशटैगहरूले भारतको निन्दा र नेपालको समर्थन गरिरहेका छन् ।
पाकिस्तानी नागरिक सनी मोडाले ट्वीटरमा लेख्छन्, ‘हामी पाकिस्तानी हमेशा न्यायको पक्षमा उभिएका छौँ । अन्याय मानवताका लागि खतरा छ । भारत एक चरमपन्थी देश हो । यसमा कुनै शक छैन ।’
हबीब रजाले भनेका छन्, ‘भारतीय हस्तक्षेपको नाश हुनुपर्छ । सम्प्रभू देश नेपाल अमर रहोस् ।’
अरहान खानले भारतविरुद्ध नेपालमा चीनले सहायता गर्नुपर्ने माग गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘चीन, पाकिस्तानका अच्छा दोस्त है और हम ऐसे में भारत के खिलाफ चीन से मद्दत की अपील करेंगे ।’
खालिद सोहेलले भारतको चर्को आलोचना गर्दै ट्वीट गरेका छन्, ‘भारतीय भारतकी कब्र खोद रहे हैं ।’
सबीनाले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘भारत ने नेपालियौँ के साथ हमेशा बुरा बर्ताव किया है ।’
वरदा फजलले आफ्नो ट्वीटमा लेख्छन्, ‘भारत नेपाल, कश्मीर और पाकिस्तान में नियन्त्रण सीमा पर हिंसा फैला रहा है । संयुक्त राष्ट्रको भारत के खिलाफ कडे कदम उठाने चाहिए ।’
स्रोत : दैनिक नेपाल

No comments: