LATEST NEWS

मुख गन्हाउने समस्‍याबाट कसरि बच्ने (थाहा पाउनुहोस)

Posted by Unknown ~ Monday, 12 October 2015

‘छ्या तिम्रो मुख कस्तो गन्हाएको अलि पर बस।’ यस्तो प्रतिक्रिया कुनै साथीबाट सुनियो भने जोकोहीलाई नराम्रो लाग्नसक्छ। बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्रो नभनिदियोस् भन्ने सबैको चाहना हुन्छ। तर, मुख गन्हाउने समस्याले गर्दा धेरैको त्यो चाहना पूरा हुन सक्दैन। झट्ट हेर्दा सामान्य देखिए पनि मुखको दुर्गन्धका कारण कतिपय मानिस आफैंदेखि दिक्क मान्ने गरेका प्रशस्त उदाहरण छन्। मुख गन्हाउने समस्याले साथीभाइबीच मात्र नभई श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा समेत आँच आउन सक्छ। पछिल्लो समय गिजा दुख्ने तथा श्वास गनाउने समस्या लगभग सबै जसो मानिसमा हुने गर्छ । खानपान तथा मुखको सरसफाईमा ध्यान नदिँदा यस्तो समस्या हुने गर्छ । खाना खाइसकेपछि वा नियमित रुपमा ब्रस नगर्दा गिजामा समस्या देखिने र यसले श्वासलाई दुर्गन्धित बनाउने गर्छ । साथै धुम्रपान, मधुमेह, वंशाणुगत कारण र कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण पनि श्वास गनाउने गर्छ । स्वास गनाउने प्रमुख कारण गिजामा हुने समस्या हो । गिजा रातो हुने, सुन्निने तथा ब्रस गर्दा रगत आउने भएमा गिजामा समस्या भएको बुझ्नुपर्छ । यस्तो भएपछि मुखबाट दुर्गन्धित श्वास आउन सुरु हुन्छ । किन मुखबाट गन्ध आउँछ ? चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपानसहित अन्य केही स्वास्थ्य समस्याका कारण देखा पर्छ। यसबाट सजिलै छुटकारा पनि पाउन सकिन्छ। भनिन्छ, धेरैजसो अवस्थामा पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। वास्तवमा खानाको रस पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउने हो। यसका साथै कब्जियत, पेटमा घाउ, अत्यधिक रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ। यसरी मुखबाट दुर्गन्ध आउनुका कारणमा दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि मानिन्छन्। मुखको दुर्गन्धबाट छुटकारा मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने डा. राम कोइराला बताउँछन्। एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङ्गम चपाउन पनि सकिन्छ। केही घरेलु उपाय तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै अनारको बोक्रा पानीमा उमालेर कुला गर्ने, सुक्खा धनिया चपाउने गर्नाले पनि मुखको दुर्गन्ध हट्छ। तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हटेन भने चिकित्सकको सल्लाह लिनुपर्छ। स्रोत : कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply