LATEST NEWS

श्रीमान - श्रीमती सबैले एक पल्ट पढ्नुहोला

Posted by Daily News Pokhara ~ Sunday, 25 October 2015

श्रीमान श्रीमति एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन । 
श्रीमति : 
 कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ? 
श्रीमान: 
म.. म... म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ । 
श्रीमति (रिसले जुर्मुराउदै) : 
दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्‍यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न । 
श्रीमान: 
तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि । 
श्रीमति: 
आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन । एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे... ...अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर । 
मान: 
तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए । 
श्रीमति (मुस्कुराउदै) 
कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे)

Categories
Tags

Related Posts

No comments:

Leave a Reply