LATEST NEWS

म रिपोर्टिङ किन गर्ने

Posted by Unknown ~ Wednesday, 28 October 2015

जनमोर्चा नेपालका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुकको राष्ट्रियता खतरामा परेकाले आफू सरकारमा सहभागी हुन लागेको बताउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष केसीले मुलुकको राष्ट्रियता कमजोर भएका बेला त्यसको रक्षाका लागि सरकारमा मन्त्री बन्न लागेको बताउनुभयो । उहाँले आफू उपप्रधानमन्त्री र मन्त्री बन्न लागेको विषय सबैलाई भन्दै हिँड्ने विषय नभएको उल्लेख गर्नुभयो । ‘म उपप्रधानमन्त्री बन्दैछु वा मन्त्री बन्दैछु तपाईलाई किन रिपोर्टिङ गर्ने ?’, आक्रोशित हुँदै अध्यक्ष केसीले भन्नुभयो, ‘जनमोर्चा नेपाल सरकारमा जानु हुँदैन भनेर कहाँ लेखेको छ ?’ उहाँले पार्टीको निर्णयअनुसार आफू सरकारमा सहभागी हुन लागेको बताउनुभयो । अध्यक्ष केसीले मन्त्री बन्न उपप्रधानमन्त्री पद कसैसँग नमागेको दाबी गर्नुभयो । ‘मैले कैसँग उपप्रधानमन्त्री र मन्त्री पद मागेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रियता कमजोर भएकाले हाम्रो पार्टी सरकारमा सहभागी हुन लागेको हो । राष्ट्रियता जोगाउन पहल गर्ने छौँ ।’ लामो समय वामपन्थी राजनीति गर्नुभएका शालीन स्वभावका अध्यक्ष केसी उपप्रधानमन्त्री र मन्त्री पदसहित एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुँदै हुनुहुन्छ ।
स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply