LATEST NEWS

आजको राशीफल

Posted by Unknown ~ Monday, 26 October 2015

तपाइको आजको राशिफल यस प्रकारका छन् :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : निकै उत्साहदायक दिन रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ, प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ रंग रातो,शुभ अंक २ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमःयो मन्त्र उच्चारण गरेर अगाडी बढे सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सुधार आउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कें केतवे नमः : यो मन्त्र २७ जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नमः यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुनसक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नुपर्ने समय छ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ रां राहबे नम: १८ पटक यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ नमो भगवते बासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ। वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ, बिपरित लिंगीसंग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुमार कार्तिकेय भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे राम्रो हुनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ,पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ, आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु होला,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार हुने समय छ,सहोदरमा खटपट आउन सक्छ आजको लागि शुभ अंक १,शुभ रंग छिर्केमिर्के हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम शिवाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ। आजको पंचांग वि.सं.२०७२ साल कार्तिक १० गते मंगलबार इ स २०१५ अक्टोबर २७ तारिख, नेपाल संवत् ११३५ कौला थ्व, आश्विन शुक्लपक्षको पूर्णिमा तिथि साझा ०५:५२ बजेसम्म उपरान्त प्रतिपदा, अश्विनी नक्षत्र रात्री १२:५७ बजे सम्म उपरान्त भरणी योग रात्री ११:४० बजेसम्म, भद्रा करण बिहान ०७:०२ बजेसम्म बब साझ ०५:५२ बजेसम्म, आनन्दादियोगमा अमृत योग, चन्द्रमा मेष राशीमा, काठमाडौंमा सूर्योदय ०६:११ बजे सूर्यास्त ०५:३३ बजे, दिनमान २७ घडी ५८ पला, राहुकाल दिवा ०२:३४ देखि ०३:५८ बजेसम्म । ©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी श्री दुर्गा ज्योतिष सेवा केन्द्र माछापोखरी काठमाडौँ स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply