पुरुष फेर्दै विवाह गर्ने र ६ महिना नबित्दै सम्बन्धविच्छेद गरेर सम्पत्ति माग्ने महिला >> कांग्रेसको जिल्ला नेता पनि नराम्रोसँग ठगिए
बिमसु । कानुनले दिएको स्वतन्त्रको नाममा कुनै महिलाले विवाहलाई नै पेसा बनायो भने के हुन्छ ? बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्दा हाल्ने । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म झन्डै आधा दर्जन ग्राहकबाट असुल गरिसकिन् । रमाइलो कुरा छ कि, कञ्चनपुर महेन्द्रनगरदेखि पोखरासम्मका कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । त्यसैले त भन्छन् बूढापाका, एउटाबाट दुइवटा हुन पो बेर, त्यसपछि केको बेर ।
लाज शरम सबै पचाउँदै एउटा होइन, दुईवटा होइन, ४० वर्षको उमेरमा झन्डै आधा दर्जन विवाह गर्न भ्याइसकेकी छन्, उनले । परिवार पनि यस्ती सन्तानप्रति घृणा होइन, प्रेम गर्छ । किनकि उनकै कमाइमा बाँचिरहेका छन्, कास्कीस्थित उनको परिवार । यसरी पुरुष फेर्दै विवाह गर्ने र ६ महिना नबित्दै सम्बन्धविच्छेद गरेर सम्पत्ति माग्दै महिला हुन् सीता थापा ।
यिनै थापाबाट पछिल्लोपटक ओखलढुंगाका कांग्रेस जिल्ला नेता भरतकुमार दाहाल नराम्रोसँग ठगिएका छन् । सिद्धिचरण नगरपालिका १ सानिटार निवासी थापा घरजग्गा व्यवसायी हुन् । यिनको व्यवसायी साझेदार हुन् मनोज पुन, राजु बुढाथोकी । अघिल्लो श्रीमती ओम शान्ति धर्ममा गइन् । दोस्रो श्रीमतीबाट धोखा खाएपछि बुद्धिको विर्को खुलेको छ । अहिले उनी पछुताउँदै भन्छन्, मलाई श्रीमतीको श्राप लाग्यो । पहिला श्रीमतीबाटै तीन छोरीसहित एक छोराको पितासमेत रहेका दाहाल, श्रीमती ओम शान्तिमा गएसँगै यौनकुण्ठा बढ्दै गयो ।
उक्त धर्ममा यौनादी कार्य बर्जित छ । खोजीमा थिए उम्लँदै गएको जवानीको पानी बिसाउने ठाउँ । यस्तैमा एक परिचितमार्फत भेट भयो उनै सीता थापासँग । पहिलो श्रीमानले छाडेर बसेकी सीता जीवन काट्ने कुनै सहयात्रीको खोजीमा थिइन् । दुई छोरीकी आमा सीतासँग एकै भेटमा मनमुटु साटियो । वीरेन्द्र कपडा पसलअगाडि उनी कपडा सिलाएर जीवनयापन गर्दै थिइन्, मुर्गा भेटिएपछि ।
घर बनाउँदै बेच्ने काम गरी राम्रै पैसा कमाएका व्यक्ति एकाएक सीताको जीवनमा आइपुगे । उनीहरुबीच सन्तान नजन्माउने र सँगै बस्ने भद्र सहमति भयो । सोहीबमोजिम भेटिएको केही समयपछाडि नै ०६६ साल वैशाख १ गते विवाह गरे रौतहटमा । र, आफ्नै गृहजिल्ला ओखलढुंगा पुगी विवाह दर्ता गराए । श्रीमतीको नाममा नागरिकता लिइदिए । त्यहीबीच सीताको पहिलो श्रीमानको तर्फबाट जन्मिएकी छोरी सुजाता थापा अध्ययनका लागि स्क्टल्यान्ड जाने भइन् । पैसा चाहियो । उनै भरतले ४ लाख रुपैयाँ हालिदिए ।
विवाह गरेको केही महिना नबित्दै उनले राम्रै पैसा कमाए । सम्झिए भाग्यमानी, लक्षणकी लक्ष्मी रहिछ सीता । त्यही वर्षको भदौ २३ गते रौतहटमा जग्गा किन्न भ्याए । यता, भरत दोस्रो श्रीमतीसँग नजिकिँदै जाँदा पहाडमा रहेका श्रीमती र छोरा टाढिँदै गए । जग्गा किनेसँगै मीनाको दबाब सुरु भयो । भनिन्छ, नारी हठ, राजहठ र बालहठको अगाडि कसैको केही जोर चल्दैन । त्यही जग्गा धितो राखेर बैंकबाट १५ लाख निकाले । घर बनाए । दुःखजिलो गरेरै तीन तलाको घर ठडियो । घर दुवैको नाममा भयो ।
पहाडको जग्गा तीन छोरा, एक छोरी र श्रीमतीको नाममा गरी उनी मधेस झरेका थिए । तर, नानीदेखि लागको बानी, किन जान्थ्यो ? विस्तारै असली अनुहारको पर्दा हट्दै गयो । जति जति उनका असली चर्तिकलाको भेउ पाउँदै जान्थे, त्यति त्यति भरत आफ्नो गल्लीप्रति पश्चाताप महसुस गर्थे । तर पश्चाताप गरेर मात्रै समस्या समाधान हुँदैनथ्यो । मध्यरातमा समेत परपुरुषको फोन आउनेक्रम बढ्दै गयो । कसैलाई ठुल्दाइ भन्ने, घरमै ल्याउने । जबकि, भरतलाई सीताको आफन्तका नाममा छोरीबाहेक अरु छन् भन्ने थाहा थिएन । सोझा भरत सीताले जे भन्थिन् उही पत्याइदिन्थे । यही बीचमा घर बेच्न दबाब दिन थालिन् ।
प्हाडमा रहेको छोराले घर बनाउन लागेको खबर आयो, घर बनाउने, बेच्ने काम गर्दै आएक बुबालाई घर बनाइदिन आग्रह गरे । र, सीतासँग बिदाबारी भएर पहाड उक्लिए । रौतहटको सिंगो घर सीताकै जिम्मामा थियो । एउटी छोरी स्कटल्यान्ड र अर्की छोरी पोखरामा । यता सीता एक्लै थिइन् । यत्तिकैमा उनले मन बहलाउने साथीका रुपमा गौर अदालतका श्रेष्तेदार कुलप्रसाद भण्डारीलाई भेटिन् । उनलाई दाजुको नाता लगाउँथिन् । पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गर्दाको समयमा सीता र भण्डारसीबीच चिनापर्ची भएको रहेछ । रौतहट जिल्ला अदालतमा तामेलदार पदमा कार्यरत शम्भु नाम भएका व्यक्तिले नै कुलप्रसाद भण्डासरीलाई चिनाएका थिए ।
उनीहरुबीच ६ महिनादेखि मात्र चिनजान भएको थियो । भरत घरमा नभएको बेला सीता र कुलप्रसाद यता घरमै बस्ने र भरत घरमा भएको बखत उतै क्वार्टरमा जाने क्रम बढ्दै गयो । हावा नचली पात त हल्लँदैन । एककान दुईकान मैदान यो खबर पहाडमा रहेको भरतको कानसम्म पुग्यो । भरत ओखलढुंगामा रहँदा श्रेष्तेदार भण्डारीकै कार्यकक्षको ल्यान्ड नम्बरबाट पटक पटक फोन गरी भरतकै बारेमा अनर्गल हल्लासमेत चलाउन भ्याएका थिए ।
अनि बाटो मोडियो…..
पर्दापछाडि अर्को खेल मञ्चन भइसकेको भरतले चालै पाएनन् । पहाडबाट भरत फर्किने चाला नदेखेपछि अदालतका श्रेष्तेदार भण्डारीको दबाबमा प्रहरी पठाएर ओखलढुंगा प्रहरीले तीन दिनभित्र रौतहट प्रहरी कार्यालयमा हाजिर हुनु भन्ने खबर पाए । साउन २३ गते रौतहट झरे भरत र त्यसको केही घन्टा नबित्दै सीता घरबाटै हराएकी अझसम्म भेटिएको छैन । आखिर स्याल कराउनु र कुखुरा हराउनु एकैपटक भएपछि भरतको मनमा चिसो पसेको छ । भरत र सीताको नामा संयुक्त रुपमा रौतहट जिल्ला चन्द्रनिगाहपुर वडा नं.१ कित्ता नम्बर ५२०४ र ५४०५ को जग्गामा घर बनाइएको थियो ।
त्यही घर खानका लागि कुलप्रसाद भण्डारीले सीतालाई प्रयोग गरेको बताइन्छ । एउटा अदालतको जिम्मेवार उपसचिवले अर्काकी श्रीमती जारी गरी लैजादा उसलाई जार मुद्दा लाग्ने कि नलाग्ने ? २३ भदौमा अदालतबाट बेलुका ५ बजेर ३० मिनेट जाँदा सीतालाई लिन गाडी पठाएको र सोही बेला लगेको आशंका अदालतकै कर्मचारी, त्यहाँका स्थानीयले गर्न थालेका छन् ।
कुलप्रसाद भण्डारी रौतहटबाट सरुवा भएर बागलुङतिर पुगेका छन्, सीता उतै पुगेकी छन् । खड्का, थापा, सुवेदी, दाहाल हुँदै पुनः खड्का नै बनेकी सीता कहिले भण्डारी बन्ने हो त्यसको प्रतीक्षा छँदै छ । एउटी महिलालाई कानुनको कमजोरीलाई टेक्दै सीताले झैँ महिलाले विवाहलाई पेसा बनाउन थाल्दा समाजको अवस्था के होला ? हेर्न बाँकी छ, अर्काकी श्रीमती भगाएर लैजाने कुलप्रसादलाई कुनै कानुनले छुन्छ वा छुँदैन ? र हेर्न अझै बाँकी छ, सीता र कुलप्रसादको सम्बन्ध कति महिनासम्म चल्दै जान्छ ? भरतको विचार जनआस्थामा छापिएको छ ।

No comments: