LATEST NEWS

बैठकमा झलनाथ र हृदयशबीच आखिर के कारणले यस्तो भनाभन भयो त ? (थाहा पाउनुहोस)

Posted by Unknown ~ Wednesday, 18 November 2015

एमालेका वरिष्ठ नेता झलनाथ खनालले बुधबार सिंहदरबारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको वार्तामा सीमाङ्कनको माग अव्यवहारिक रहेको भन्दै कडा टिप्पणी गरेपछि बैठक केही समय तनावपूर्ण बनेको तथ्य बाहिर आएको छ । राज्य व्यवस्था समितिको कार्यकक्षमा चार बजे सुरु भएको बैठकमा नेता खानालले मधेसी मोर्चाले सीमाङ्कनका विषयमा उठाएको माग अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले विरोध जनाउनुभएको थियो । एमाले वरिष्ठ नेता खनालको अभिव्यक्तिलाई लिएर आफूले विरोध जनाएको सहअध्यक्ष त्रिपाठीले पनि स्वीकार गर्नुभएको छ । ‘झलनाथ खनालजीले मधेसी मोर्चाले उठाएको सीमाङ्कनको माग अवैधानिक र अव्यवहारिक छ भनेपछि मैले कडा विरोध गरे’, आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सहअध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘अहिलेको तपाईहरुले बनाएको सात प्रदेशको सीमाङ्कन पनि अव्यवहारिक र अवैज्ञानिक छ भनेको हुँ ।’ त्रिपाठीले अहिले बनाइएको संघीयताको सात प्रदेशको संरचना पनि अवैधानिक रहेको टिप्पणी गर्नुभयो । त्रिपाठीले सात प्रदेशको सीमाङ्कन आफूहरुले नमान्ने भन्दै कडा अभिव्यक्ति दिएपछि बैठकमा केही बेर तनावको स्थिति उत्पन्न भएको स्रोतको भनाइ छ । ‘सात प्रदेशको सीमाङ्कन पनि वैज्ञानिक छैन’, त्रिपाठीले बैठकमा बोलेको अभिव्यक्तिलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बैठकमा केही बेर झलनाथ खनाल र हृदयश त्रिपाठीबीच भनाभन भयो ।’ बैठकमा एमाओवादीका अध्यक्ष एवम् सरकारी वार्ता टोलीका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति वा राजनीतिक उच्चस्तरीय समितिमार्फत सीमाङ्कनको विषय टुङ्गो लागउन प्रस्ताव गर्नुभएको थियो । तर सो प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । स्रोत :दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply