प्रति व्यक्ति रु २५,००,००० (पच्चिस लाख) दिएमा चर्च मार्फत अमेरिका पठाई दिन्छु भनि प्रलोभन देखाई ठगी
चर्च मार्फत अमेरिका पठाई दिन्छु भनि ४७,५०,००० ठगी गर्ने व्यक्ति पक्राउ”: ललितपुर उपमहानगरपालिका वडा नं.१६ बस्ने आफूलाई पावेल बताउने प्रवेक डंगोलले जिल्ला दोलखा मालि गा.वि.स. वडा नं.१ घर भई का.जि. बौद्ध बस्ने आङ छिरी शेर्पा लगायत ७ जनालाई आफू चर्चको पास्टर रहेको र प्रति व्यक्ति रु २५,००,०००।–(पच्चिस लाख) दिएमा चर्च मार्फत अमेरिका पठाई दिन्छु भनि प्रलोभन देखाई आङ छिरी शेर्पा लगायत ७ जना संग रु ४७,५०,०००।–(सत्तचालिस लाख पचास हजार ) लिई नक्कली भिषा र टिकट समेत उपलव्ध गराई सम्पर्क विहिन भएकोले आवश्यक कारवाही गरी पाउ भनि महानगरीय प्रहरी महाशाखा, काठमाण्डौंमा जाहेरी दिएको हुदा उक्त महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७२।७।१८ गते का.जि.जडिबुटीबाट प्रवेक डंगोललाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

No comments: