LATEST NEWS

महिनावारी हुदाँ सहनै नसक्ने गरी पेट दुख्नाका कारण र यसको उपायहरु (थाहा पाउनुहोस)

Posted by Unknown ~ Saturday, 21 November 2015

महिनावारी हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि हर्मोनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहमा सुक्ष्म रक्तनलीहरु फैलन बन्द भई पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह कायम हुन नसकि फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । यहि पक्रियाले गर्दा नै तल्लो पेट दुख्ने, ढाड दुख्ने आदि समस्याहरु आउने गर्दछ । त्यस्तैगरी त्यहि हर्मोनहरुको परिवर्तनको कारणले गर्दा कुनै कुनै महिलाहरुको स्तनस साह्रो वा कडा हुनु वा दुख्नु, कब्जियत हुनु, थकित महसुस हुनु, मांशपेशीहरु दुख्नु, अनुहारमा डन्डीफोर आउनु, खान मन नलाग्नु मानसिक तनाव आदि भएको हुनसक्छ । सबै महिलामा यी लक्षण हुन्छन नै भन्ने छैन । यदि भएमा पनि महिनैपपिच्छे यी लक्षणहरु फरक फरक हुन सक्छन् । यस्ता समस्याहरुलाई रोक्न यस्ता उपायहरु अपनाउनु जरुरी हुन्छ ।तल्लो पेटमा हलुका तरिकाले मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ । स्रोत : डेली न्यूज पोखरा

Categories
Tags

Related Posts

No comments:

Leave a Reply