LATEST NEWS

नेपाललाई अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी

Posted by Unknown ~ Sunday, 8 November 2015

भारतको अघोषित नाकाबन्दीकाबीच अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि नेपाललाई कडा चेतावनी दिएका छन् । दातृ निकायका प्रतिनिधि तथा युरोपेली मुलुकका राजदूतले नेपालमा इन्धन संकट अझै दुई महिना कायम रहे नेपाललाई वाचा गरेको सहयोग रकम मानवीय संकट झेलिरहेका विश्वका अन्य मुलुकमा ‘डाइभर्ट’ हुनसक्ने वा सम्बन्धित मुलुकमै फिर्ता जानसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई बिहीबार सामूहिक रूपमा भेटी उनीहरूले भूकम्पपछिका ८ महिनासम्म पनि पुनर्निर्माण अघि नबढाएको भन्दै असन्तुष्टि पोखेका थिए। नेपालमा विद्यमान इन्धन अभावले भूकम्पपछिको पुनर्निर्माणका लागि विगतमा आफूहरूले वाचा गरेअनुसार रकम खर्च गर्न नपाउने अवस्था उत्पन्न हुन लागेको भन्दै विदेशी कूटनीतिज्ञले सरकारमाथि दबाब दिएका हुन्। भूकम्पपीडितका लागि स्थायी बसोबास, खानेपानी, विद्यालय निर्माण, भत्केका संरचना पुनर्निर्माण निजी कम्पनीलाई ठेक्कापट्टा दिनेलगायत काम अंग्रेजी नयाँ वर्षको अन्तिमसम्म अर्थात् डिसेम्बर महिनाअघि नै टुंगो लगाउनुपर्ने बाध्यता आफूहरूलाई रहेको पनि उनीहरूले सुनाए। ‘डिसेम्बर अन्तिमसम्म ती कामको ठेक्कापट्टालगायत प्रक्रिया नेपालमा सुरु भइसकेकोबारे हामीले हाम्रा मुलुक र माथिल्ला निकायलाई जानकारी गराउनैपर्ने अवस्था छ । तर, विद्यमान इनधन अभावले गर्दा पुननिर्माण सम्बन्धी यस्ता काम रोकिन गएका छन्,’ उनीहरुले प्रधानमन्त्रीसँग भनेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply