LATEST NEWS

विवाहको प्रस्ताव अस्विकार गर्दा युवतीलाई आगो लगाई हत्या गरियो

Posted by Unknown ~ Tuesday, 3 November 2015

विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ । स्रोत : कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply