LATEST NEWS

नेत्री सुजाताले भनिन हिमाल, पहाड, तराई एक हुनैपर्छ

Posted by Unknown ~ Sunday, 8 November 2015

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले हिमाल, पहाड र तराई एक हुनुपर्ने बताउनुभएको छ । तिहार, नेपाल संवत् र छठका अवसरमा आज शुभकामना दिँदै काँग्रेस केन्द्रीय सदस्य कोइरालाले अहिले मुलुकलाई राष्ट्रिय एकताको खाँचो रहेकाले राष्ट्रियताका विषयमा सबै मिल्नाकोे विकल्प नभएको स्पष्ट पार्नुभयो । काँग्रेस विदेश विभाग प्रमुख कोइरालाले नाकाबन्दीले कुनै देशलाई फाइदा नपुग्ने भएकाले यसलाई सहज बनाउन छिमेकी मुलुकसँग आग्रह गर्नुभयो ।” नेत्री कोइरालाले भन्नुभयो–“नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध धेरै पुरानो भएकाले यसलाई कायम गर्न सबै एक जुट हुनुपर्छ ।” स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply