ओठ फुट्नबाट बच्न यी उपाय अपनाउनुहोस् ? (जानी राखौ )
जाडोमा छाला फुट्ने समस्या सामान्य हो । हात, खुट्टा, गाला, ओठ फुट्ने समस्या हामी धेरैले भोगेका छौं । अझ ओठ शरीरको सानो भाग भएपनि यो फुट्यो भने खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।
यदी तपाईंको ओठ फुटेको छ भने निम्न तरिका अपनाउनुहोस्ः
यदी तपाईं ओठ चपाउने वा टोक्ने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छाड्नुहोस् ।
ओठ टोक्दा ओठको छाला पनि सँगै निस्कने भएकाले मुलायम ओठको भाग फुट्छ ।
ओठमा कैयौं निर्जीव वा मरेका सेलहरु जमेका हुन्छन् । बेला बेलामा मुलायम र गुणस्तरीय टुथ ब्रसले ओठ सफा गर्ने गर्नुहोस् ।
जैतूनको तेल (ओलिभ आयल) र चिनीको पेस्ट बनाएर ओठमा लगाउनाले पनि ओठ फुट्ने समस्या समाधान हुनसक्छ ।
यदी तपाईं लिपिस्टिक लगाउनुहुन्छ भने लिपिस्टिक लगाउनुभन्दा पहिले मोइस्चाराइजर अनिवार्य प्रयोग गर्ने गर्नुहोस् ।
तपाईंको ओठले लिप बाम सहँदैन भने ओठमा नरिवल, जैतून अथवा बदामको तेल लगाउनुहोस् ।
रातमा सुत्ने बेलामा लगाएर सुत्दा उपयुक्त हुनसक्छ ।
पानी प्रशस्त पिउनुहोस् । दिनभरमा कम्तिमा पनि ८ गिलास पिउने गर्नुहोस् । स्रोत : पुर्बेली न्यूज

No comments: