LATEST NEWS

एमाले नेतृ रामकुमारी झाँक्रीको यस्तो प्रष्टीकरण : बाबुरामको भेलामा सहभागी भएपछि

Posted by Unknown ~ Tuesday, 3 November 2015


एमाओवादी छाडेर नयाँ पार्टी खोल्ने तरखरमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना गरेको भेलामा सहभागी भएपछि एमाले नेतृ रामकुमारी झाँक्रीका विषयमा निकै चर्चा परिचर्चा भएको छ । चर्चित विद्यार्थी नेतृ हुँदै अत्याधिक मत पाएर एमालेको केन्द्रीय सदस्य बनेकी झाँक्री भट्टराईको नयाँ पार्टीमा जान लागेको बारेमा मंगलबार बिभिन्न चर्चा परिचर्चा भएपछि उनले यसबारे प्रष्टीकरण नै दिनुपरेको छ । एमाले नेतृ झाँक्रीले भट्टराईको पार्टीमा जाने आफ्नो कुनै सम्भावना नरहेको भन्दै त्यसको खण्डन समेत गरेकी छिन् । उनले भट्टराईका विषयमा कडा टिप्पणी गर्दै उनीबाट परिवर्तन सम्भव नरहेको समेत बताएकी छिन् । विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई भेला गरेर बाबुरामले सोमबार राजधानीमा भेला गरेका थिए । सामाजिक सञ्जालमार्फत आफ्ना शुभेच्छुकलाई एमाले नेतृ झाँक्रीले दिएको प्रष्टीकरण यस्तो छः प्रिय साथिहरू ! तपाईहरू आज सामाजिक संजालमा मेरो बारेमा “भाईरल” भएको समाचारले दुखित हुनु भएको पाएँ । मेरो मोबाईल, फेसबुक र ट्वीटरको ईनबक्समा करीव ५सय बढी मेसेज र करीव २ सय भन्दा बढी फोन कल आयो । आज दिन भरी ब्यस्तताको बाबजुत पनि कतिसंग फोनमा नै प्रतिक्रिया दिएँ । तर प्रतिक्रिया लेख्न भने सकिन । मलाई यो भ्रम छैन ” डा. बाबुराम भट्टराई कुनै नयाँ ब्यक्ति हुन भनेर । उनि यो मुलुकको कार्यकारी प्रमुखको रूपमा समेत परिक्षण ( Tested) भईसकेका छन । नेपाली समाजमा उनको नाममा नयाँ शक्ति जन्मनु भनेको “नयाँ बोतलमा पुरानै रक्सी हाल्नु जस्तै हो ।” नयाँ शक्ति/पार्टी म जाने भन्ने कुरा कहाँबाट आयो हँ ? उनले नयाँ पार्टी नै घोषणा गरे भनेर प्रचार गरिएको छ । नयाँ पार्टी/शक्ति र त्यसको नेता त होईन डा. भट्टराई नेपाली राजनितीमा खिलराज रेग्मी को जस्तो दिनको प्रतिक्षामा भने पक्कै छन । नेपालमा भाडभैलो मच्चाउने/गराउने र यो सरकार असफल भए पछि अर्को साझा ब्यक्ति पार्टीहरूबाट हुन सक्दैन र भारतीय कार्डमा फेरी प्रधान मन्त्री बन्ने दाउमा छन । यस्तो बुझ्न कठिन छैन । यस्तो बेला कतिपयको लागि नयाँ प्रोजेक्ट पनि हुनसक्छ । जसरी हिजो १० वर्ष हिंसा एउटा राम्रो बहुपक्षिय (Project) परियोजना थियो । यसका लागि कतिपय बुद्दिजीवीले उनको लोलीमा बोली मिलाएको पनि देखियो । कतिपयले त नेपालको संबिधानले रंग भेद गरेको छ भने । कतिपयले यो संबिधानले श्रीलंकाको जस्तो सिंधली राष्ट्रवादलाई अगालेको र लिबरेशनको लागि तमिलको जस्तो बिद्रोह गर्नुपर्छ भने । पद्म रत्न तुलाधरले त २०४७ सालको संबिधान जारि हुदा यसलाई बन्दुकले फेर्छ भनेको थिएँ फेर्यो । यो संबिधान भाषा बिरोधि छ यसलाई पनि त्यसै गरि फेर्नुपर्छ भने । दमननाथ ढुंगानाले त यो अभिसन्धिको अनुबन्धित देश हो स्वतन्त्र देशले जस्तै निर्णय गर्न सक्दैन भने ।संबिधान बनाउदा (भारतलाई) सेध्नुपर्थ्यो भने । खगेन्द्र संग्रौलाले भारतले नाकाबन्दी गरेको होईन मधेसी जनता आन्दोलित भएर नाका बन्द भएको भने । सिके लालले यो संबिधान पहाडिय सत्ताको संरक्षणमा बनेको छ बिभेदकारी छ भने । यस्तो अतिरंजनापूर्ण भेला थियो त्यो । बरू त्यहाँ के के भएको थियो भनेर त्यसको समाचार बन्न सक्थ्यो । हामीहरू परराष्ट्र विद भेष बहादुर थापा, पूर्व मूख्य सचिव लिला मणि पौडेल, पूर्व अर्थ सचिव रामेश्वर खनाल डा. सुरेश शर्मा (Ex VC KU), जर्नेल सिबी गुरूड, प्रा. कृष्ण खनाल, पूर्व राजदूत डा. शंकर सर्मा, सभासद दिलनाथ गिरी, उधोगी कुश कुमार जोसी र मैले उल्टै उनलाई केही गम्भीर प्रश्नहरूसाथ आफ्नो आफ्नो विचारहरू राखेका थियौ । प्रिय अनलाईन पत्रकार साथिहरू! म पनि आम संचार र पत्रकारिताको बिधार्थीका नाताले यो भन्छु कि तपाईहरूलाई थाहा छ एबीसी भनेको के हो ? A- Accuracy B- Balance & C- Credibility यि कुरा बिना तपाईको कुनै पनि समाचार समाचार बन्दैन । तपाईले यि कुरा ख्याल नगरी बनाएको समाचार समाचार नै होईन, यो त तपाईको बिचार हुन सक्छ । तपाईले कुनै मिसनको लागि सायद यो लेख्दै हुनुहुन्छ । तपाईको उद्देश्य मैले यसै गरू भन्ने पनि होला । भनिन्छ नि “झिंगाको सरापले डिंगा मर्दैन।” म नेकपा एमालेको एउटा ज़िम्मेवार कार्यकर्ता हुँ । मेरा असहमतिहरू मैले मेरो पार्टी भित्रै राम्रोसंग राख्न सक्छु । आजको दिनसम्म यो पार्टीले जुन सिद्धान्त: जनताको बहुदलीय जनबाद (जबज) अवलम्बन गरेको छ यसको बिकल्प पनि छैन । शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको प्रगतिशील/ क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त हो जबज । म यो सिद्धान्त र विचार प्रति पूर्ण प्रतिबद्ध छु । तपाईहरूको फोन र मेसेजको रेस्पोन्स यहि स्टाटसबाट गरे। ‪#‎गलत‬ अफवाको पछि नलाग्नुहोला ।स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply