झुक्किएर कम्प्यूटरबाट डाटा डिलिट भएको भए यसरी फर्काउन सकिन्छ >> हेर्नुहोस्
तपाइको कम्प्यूटरबाट कुनै महत्वपूर्ण डाटा डिलिट भएको छ ? वा अचानक कम्प्युटरमा कुनै खराबी आएर तपाइले कम्प्युटर खोल्नै सक्नु भएको छैन ? के तपाई आफ्नो डिलिट भएको डाटा जोगाउन चाहनुहुन्छ ? अब चिन्ता नर्गनुहास् । किनकी त्यसरी डिलिट भएका डाटाहरुलाई पुन रिकभर गर्न सकिन्छ । तपाइको कम्युटरबाट डिलीट भएका डाटालाई रिकोभर गर्न सबैभन्दा पहिले हार्ड डिस्कलाई अर्को कंप्यूटरसँग जोड्नुहोस् । त्यसपछि सफ्टवेयर ′रिकवर माई फाइल्स′ को फ्री भर्जन डाउनलोड गरेर कंप्यूटरमा इन्स्टल गर्नुहोस् । यो सफ्टेवयरलाई त्यो ड्राइवमा इन्स्टल गर्नुहोस् जस्को डाटा रिकवर गर्नुछ । त्यसपछि फिजिकल ड्राइव सेलेक्ट गर्ने अप्शन आउँछ । जुन ड्राइव रिकवर गर्नुछ त्यसलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि ड्राइवको भित्र ति फाइल्सलाई छनोट गर्नुहोस जसलाई रिकवर गर्न चाहानुहुन्छ । अब तपाइले सेभ गर्न चाहेको फाइललाई सेलेक्ट गर्न सक्नुहुनेछ । त्यसपछि जुन अप्सन आएपनि नेक्स्ट नेक्स्ट गर्दै जानुहोस तपाइको डिलीट भएको फाइल रिकभर हुन्छ ।

No comments: