LATEST NEWS

राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा

Posted by Unknown ~ Wednesday, 25 November 2015

मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ । संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा एमालेकी सांसद गौरी ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको बताउनुभएको हो । सत्तारुढ दल एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाइ कारवाही गर्न गृहमन्त्री शक्ति बस्नेतसँग माग गर्नुभएको छ । बैठकमा गृहमन्त्री बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेलाबेला नागरिकताका कारण विवादमा आउने गर्नुहुन्छ । उहाँमाथि यसअघि पनि कीर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply