LATEST NEWS

मन्त्री रेखा शर्माले भनिन दाउरा बालेर बस्छौँ तर झुक्दैनौँ

Posted by Unknown ~ Monday, 9 November 2015

सामान्य प्रशासन मन्त्री रेखा शर्माले भारतले गरेको नाकाबन्दीमा भारतसँग कुनै सम्झौता नगर्ने बरु दाउरा बालेर बस्न तयार भएको बताउनुभएको छ । एकीकृत नेकपा (माओवादी) ले दाङको भालुवाङमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री शर्माले भारतले गरेको नाकाबन्दीको सामना गर्न तयार रहेको तर झुकेर कुनै सम्झौता नगर्ने बताउनुभयो । “नेपालको आन्तरिक मामिलामा मधेसवादी दललाई उचालेर नाकाबन्दीदेखि उच्छृङ्खल आन्दोलन गराउन भारतले गरेको रवैया आपत्तिजनक छ”, मन्त्री शर्माले भन्नुभयो । एक फरक प्रसङ्गमा उहाँले प्रदेश नं ५ को राजधानी दाङ नै बनाउँदा उपयुक्त हुने धारणा पनि व्यक्त गर्नुभयो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply