सर्लाहीमा आज भएको बन्दको प्रतिकारका क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी श्रीमतीको गाडीमा तोडफोड भएको छ ।
सर्लाहीको इश्वरपुर नगरपालिका ५ फुलजोर बजारमा महतोकी श्रीमती शैलकुमारी देवीको गाडी तोडफोड भएको हो । जहाँ राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका कार्यकर्ता लखेटिएका थिए ।
उनीहरुलाई चुरे भावर राष्ट्रिय एकता पार्टीले लखेटेको थियो । त्यही क्रममा शैलकुमारीको गाडीमा पनि तोडफोड भएको हो । उनको गाडी कसले तोडफोड गर्यो भन्ने बारे खुल्न सकेको छैन् । उनी सद्भावना पार्टीकी सांसद पनि हुन् ।
यद्यपि महतो भने तोडफोड भएको अवस्थामा गाडीबाट बाहिर थिइन् । उनले भनिन्- ‘म बाहिर थिएँ, भित्र रहेकी एक जना साथी घाइते हुनु भएको छ । यो घटना प्रशासनकै संलग्तामा भएको हो ।’ प्रहरीले भने मधेसी मोर्चा र चुरे भावर समुहबीचको झडपका क्रममा गाडी तोडफोड भएको जनाएको छ ।
यता चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले आफूहरुले गाडी तोडफोड नगरेको बताए ।
स्रोत : दैनिक नेपाल
No comments: