LATEST NEWS

जहाजभरी औषधी बोकेर भैरहवा आएका शेष घले किन एअरपोर्टबाटै फर्किए ?(फोटो फिचर)

Posted by Unknown ~ Tuesday, 1 December 2015

‘नेपालीका लागी नेपाली’ भन्ने मुल नाराका साथ संसारभर बसोबास गर्ने गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घले मंगलबार एक्कासी भैरहवा आएर तुरुन्त काठमाडौं फर्केका छन् । एनआरएनए अध्यक्ष शेष घलेले लुम्बिनी अन्चलमै पहिलो पटक पाइला टेकेका थिए । शान्तिका दूत महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वार भैरहवामा करिब १५ मिनेट बिताएका उनी तत्कालै काठमाण्डौं फर्केका हुन् । भारतीय नाकाबन्दीको कारण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा औषधी अभाव हुँदा अस्पतालका विरामीले औषधी नपाएको खबर पाएपछि एक्कासी सेनाको जहाजमार्फत उनी मंगलबार भैरहवा आएका हुन् । एनआरएनएका संस्थापक इन्द्रा वन र प्रवक्ता डा. रन्जु वाग्लेलाई साथमा लिएर जहाजभरी औषधी बोकेर आएका अध्यक्ष घलेले मूल्यवान लाइफ सेभिंग औषधी गौतमबुद्ध विमानस्थल
परिसरमै अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरे । ३ लाख ९१ हजार मुल्य बरावरका लाइफ सेभिङ औषधी लिएर आएका घले समय अभावका कारण लुम्बिनी जान नपाएकोमा दुःख समेत व्यक्त गरे । गौतमबुद्ध बिमानस्थल भैरहवाको हाताभित्रै औषधी हस्तान्तरण गर्दै एनआरएन अध्यक्ष घलेले नाकाबन्दीका कारण नेपालमा देखिएको मानबीय संबेदनालाई ख्याल गर्दे सहयोग उपलब्ध गराएको बताए । अध्यक्ष घलेले भने– “एनआरएनएका विश्वभरीका सदस्यहरुको एक एक रुपैयां डलरको सहयोगमा खरिद गरिएको औषधी नेपालका विभिन्न अस्पतालमा निःशुल्क प्रदान गरिएको छ । यो औषधी विरामीको लागी निशुल्क प्रदान गर्न अस्पताललाई अनुरोध गरेका छौं ।” जनकपुर अन्चल अस्पताल र नारायणी अन्चल अस्पताल चितवनमा औषधी वितरण गरेर भैरहवा आएको एनआरएन अध्यक्ष घले सहितको टोलीले भारतीय नाकाबन्दीको विश्वभर विरोध भईरहेको पनि बताएको छ ।
एनआरएनएका प्रवक्ता रञ्जु बाग्लेले नेपालका सकारी अस्पताललाई लगभग एनआरएनले १ करोड मुल्य बरावरको औषधी उपलव्ध गराइसकेको जनाउदै मंगलवार मात्र जनकपुरको अञ्चल अस्पतालमा ८ लाख मुल्य बरावरको औषधी र नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जलाई समेत ४ लाख मुल्य बराबरको औषधी हस्तान्तरण गरेको जानकारी दिईन् ।
औषधी हस्तान्तरण पश्चात एनआरएनकी संरक्षक इन्द्रा बनले नेपाल र नेपालीलाई परेको समस्या संसारभरीका नेपालीको भएको हुदां आफुहरु अत्यन्तै संवेदनशील भएर नेपालीलाई सघाउन लागिपरेको जनाए ।
सो अवसरमा लुम्बिनी अञ्चल अस्पतालका मे.सु. राजेन्द्र प्रसाद खनालले आपतको बेला एनआरएनले देखाएको सदभाव र सहयोग निकै मुल्यवान भएको जनाउदै उनले एनआरएनले अवका दिनमा पनि मानबिय संबेदनालाई सम्बोधन हुने किसिमका सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply