LATEST NEWS

समाजमा अश्लीलता फैलाएको भन्दै महेन्द्रनगरका स्थानीय महिलाहरुले अर्चना पनेरुको घर घेराउ

Posted by Daily News Pokhara ~ Wednesday, 16 December 2015

काठमाडौं ‘समाजले जति आलोचना गरेपछि छोरीलाई पोर्नस्टार बनाउँछु’ महेन्द्रनगर । समाजमा अश्लीलता फैलाएको भन्दै महेन्द्रनगरका स्थानीय महिलाहरुले नग्न फोटोसुटस्थानीय महिलाहरुले भीमदत्त नगरपालिका ३ भाँसीकी १७ वर्षीय ‘नेपाली पोर्नस्टार’ अर्चना पनेरुको घर घेराउ गरेका हुन् । महिलाहरुले समाजमा विकृति फैलाएको बिरोधमा यस्ता अनैतिक कृयाकलापको बिरोध गर्दै आज बिहान सात बजेदेखि साढे १० बजेसम्म पनेरुको घर घेराउ गरेका हुन् । समाजलाई पाच्य नहुने काम गरेर समाजिक विकृति फैलाएको उनीहरुको आरोप छ ।भाँसीकी स्थानीय रमिता देउवाले अर्चना र उनकी आमा सुनिता पनेरुले समाजलाई सैह्य नहुने काम गरेको बिरोधमा घर घेराउ गरिएको बताए । अर्चनाले फेसबुकमा फेरि पनि नाङ्गो भिडियो, फोटो अपलोड गरेकाले युवा युवतीहरु उत्तेजित पार्ने नराम्रो काम गरेको भन्दै घर घेराउ गरिएको उनको भनाई छ । छिमेकी सुमनदेवि शाहले भाँसी घर भन्न समेत लाज लागेको बताउनुभयो । ‘हामी जहाँ जान्छौँ, त्यही भाँसी घर भन्नेबेला अर्चनाको नाम लिदै हेप्छन् ।’, उनले भने ‘अब भाँसी घर हो, भन्न समेत लाज लाग्छ ।’ विद्यालयमा छोराछोरीहरुलाई समेत उनीहरुका सार्थीहरुले भाँसी घर हो, भनेर जिस्क्याउने गरेको शाहको भनाई छ । स्थानिय महिलाहरुले समाजिमा अबाच्छित काम गरेको भन्दै यस्ता कृयाकलापले आफ्ना सन्तानहरुमा समेत असर परेको बताएका छन् । अर्चनाका बुवा महेश पनेरुले छोरी र श्रीमतीले समाजमा अपाच्य काम गरेर आफ्नो परिवार समाजको बदनाम गराउने काम गरेको बताउनुभयो । ‘म छोरी र श्रीमतीका कामले पागल भईसकेको छु ।’, उनले भने ‘अब त अति भयो समाजले पनि घर घेर्न थाले ।’ अर्चनालाई यस्तो कृयाकलाप गर्न उस्काउने उनकी आमा सुनिता पनेरुले आफ्नो छोरीको पोर्न फोटोग्राफ बन्ने ‘एम’ भएका कारण विगतमा फोटो सार्वजनिक गरेको बताए । समाजले आफुहरुलाई जति बेईजती गरेपनि आफूहरुले यस्तो काम निरन्तर गर्ने बताए। नेपाल नभएपनि विदेशमा गएर भएपनि आफ्नो छोरीले चाहना पुरा गर्ने सुनिताको भनाई छ ।आफ्नो श्रीमान संग छिट्टै डिभोर्स दिएर आफ्ना चाहना र इच्छा पुरा गर्ने उनको दावि छ । फेसबुकमा नग्न फोटो सुट गरेकी अर्चनालाई केही महिना अघि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीमा आजदेखि नग्न फोटो सार्वजनिक नगर्ने प्रतिबद्धता जाहेर गरेपछि आफुले आजभोली नग्न फोटो सार्वजनिक नगरेको अचर्नाले बताईन् । ‘मैले नग्न फोटो सार्वजनिक गरेको छैन् । फेक आईडीबाट कसैले मेरो फोटो फेसबुकमा राखेको हो ।’, उनले भने ‘कसैले मेरो बदनाम गरे मलाई चिन्ता छैन् ।’ समाजमा राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्ने चलन भएको उनको भनाई छ । आफुलाई यस्तो काम गर्न लाज पनि नलाग्ने आमाछोरीको दावि छ । कक्षा १०मा अध्ययनरत अर्चनाले समाजमा अश्लिन फोटो राखेको आरोपमा विद्यालयले समेत रिस्टकेशन गरेको थियो । समाजले आफुहरुको जति बदनाम गरेपनि मैले आफ्नो छोरीको सपना पुरा गर्ने शुनिताको भनाई छ ।छोरी, आमाका कृयाकलापले घर भत्किनुका साथै हाम्रा छोरीवेटी बिग्रने भन्दै स्थानिय महिलाहरुले चिन्ता व्यक्ति गर्दै उनीहरुको हर्कतको बिरोध गरेका हुन् । हाम्राे शन्देश गरेर फेसबुकमा राख्ने एक युवतीको घर घेराउ गरेका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply