कक्षा नौमा अध्ययनरत छात्रा स्कुलमै सुत्केरी भएपछि हेर्नुहोस्
भारतको हैदराबादको सरकारी स्कुलमा पढ्ने छात्रा स्कुलमै सुत्केरी भएकी छिन् । कक्षा नौमा अध्ययनरत हैदराबादको मधापुरास्थित स्कुलकी ती छात्रा गत शनिवार सुत्केरी भएकी हुन् ।
नाम नखुलाइएकी उनले ‘असाध्यै पेट दुख्यो’ भनेपछि सँगै पढ्ने अर्की छात्राले उनलाई बाथरुम लगिन् । बाथरुमभित्र दुई जना पसेकामा निस्किँदा तीन जना भएर निस्किएका थिए– नवजात शिशुसहित ।
‘स्कुलमा २० जना शिक्षक रहेकामा तीमध्ये १३ जना महिला थिए । यति हुँदा पनि कसैलाई ती छात्रा गर्भवती थिए भन्ने भेउसम्म थिएन,’ समाचारमा भनिएको छ । ती छात्राले सधैँ पेट ढाक्ने गरेकाले उनी गर्भवती भएको आफूहरूलाई पत्तो नभएको स्कुलका शिक्षिकाहरूको भनाइ छ । ती छात्राका एकजना छिमेकीले उनलाई गर्भवती बनाएको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ । छात्राले बच्चा पाएयता सो युवक बेपत्ता रहेको प्रहरीले जनाएको छ । (एजेन्सीको सहयोगमा)

No comments: