LATEST NEWS

भारतीय राजदूतलाई देश निकाला गर्न माग गर्दै संसदमा नाराबाजी

Posted by Unknown ~ Tuesday, 1 December 2015

भारतीय हस्तक्षेप र नाकाबन्दीले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै संसदभित्र भारतीय राजदूत रंजित रेलाई देश निकाला गर्न नाराबाजी भएको छ। मंगलबार बसेकोे संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका दुई सभासदले भारतीय राजदूतलाई देश निकाला गर्न माग गर्दै नाराबाजी गरेका हुन्। भारतले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गरेका कारण भारतीय हस्तक्षेप विरुद्ध आवाज उठाउन संसदमा राजदूतलाई देश निकाला गर्न माग गरेको नेमकिपा सांसद प्रेम सुवालले जनाए। ‘सुनसरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली जनतामाथि गोली चलाउँदा राजदूतले होइन भनेर झुट बोले, काठमाडौंमा अन्य मुलुकका राजदूतलाई बोलाएर भारतले नाकाबन्दी गरेको होइन भन्ने काम गरे,’ सुवालले नागरिकन्युजसँग भने,’एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथिको भारतीय ज्याजतीको विरोधमा हामीले राजदूतलाई देश निकाला गर्न माग गरेका हौं।’ भारतले नेपालको पारवहन अधिकारमाथि कुठाराघात गरेको भन्दै भारतसँग भएको कोसी, गण्डक, महाकाली र माथिल्लो कर्णालीको सम्झौता तत्काल खारेज गरी १९५० को सन्धीसमेत पुनरावलोकन गर्नुपर्ने बताए। संसदमा नेमकिपाका ४ सांसद भएपनि आजको बैठकमा दुईजनामात्र उपस्थित थिए। सांसद अनुराधा थापामगरले भारतीय राजदूतलाई देश निकाला गर, भारतीय हस्तक्षेप बन्द गरजस्ता नारालगाएकी थिइन भने उनलाई सांसद प्रेम सुवालले साथ दिएका थिए। उनीहरु दुवै आफ्नो सिटबाट उठेर नारावाजी गरेका थिए। यसअघिका र आजको बैठकमा पनि उनीहरुले बोल्नको लागि समय माग गरेका थिए। बोल्ने समय नपाएपछि उनीहरुले नाराबाजी गरेका हुन्। स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply