प्रेमीलाई चुम्न भर्याङ छाड्नुपर्ने ! हेर्नुहोस्
बेलायतका विलियम्स ज्युल र उनकी प्रेमिका सेलेनाको जोडी अजिबको छ, उनीहरूको उचाइका कारण । २१ वर्षीय विलियम्स ७ फुट १ इन्च अग्ला छन् । तर, उनकी प्रेमिका छिन् केवल ५ फुट ९ इन्च अग्ली । आफ्नी प्रेमिकालाई चुम्न या त विलियम्स असाध्यै निहुरिनुपर्छ, वा सेलेनाले स–सानो भर्याङ नै चढ्नुपर्छ । विलियम्स भन्छन्, ‘बाटोमा हिँड्दा मानिस मलाई घुरेर हेर्छन् । कोहीकोही म कसरी यति अग्लो भएँ भनेर पनि सोध्छन् । म उनीहरूलाई नियमित दूध खाने गर्नाले यति अग्लो भएको उत्तर दिन्छु ।’ त्यसो त विलियम्स सानैदेखि लामो कदका थिए । त्यसवेला उनलाई बजारमा पाइने स्कुलको पोसाक पनि ठीक हुँदैनथ्यो । अहिले बजारमा पाइने खाट छोटो भएको गुनासो छ । बेलायतका सबैभन्दा अग्लो व्यक्तिको रेकर्डचाहिँ योर्कसायर निवासी क्रिस्टोफरको नाममा छ, जसको उचाइ ७ फिट ९ इन्च छ। आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।

No comments: