ओलीले भने– ‘आइ लभ यु’
गत वैशाखमा गएको शक्तिशाली भूकम्पको महाविपत्तिपछि धेरै कलाकार दर्शकबाट हराए । तर हांस्यकलाकार धुर्मुस–सुन्तलीको जोडी भर्खरै जन्मिएको नानीलाई छाडेर अहोरात्र भूकम्प प्रभावित जिल्लाहरुमै खटिए । विशेषगरी उनीहरु काभ्रेपलाञ्चोकको पहारी बस्तीमा खटिए, र २० वटा अत्याधुनिक प्रविधि जोडिएका नमुना बस्ती निर्माण गरी हस्तान्तरण गरेर चर्चामा मात्र छाएनन्, धेरै नेपालीको मन–मुटुमा डेरा जमाउन सफल भएका छन् । यो बीचमा उनीहरु ऋणमा डुबे । स्थिति यस्तोसम्म अयो, दुःख गरी ललितपुरमा निर्माण गरेको घर नै उनीहरुले बेच्ने निर्णय गरे । कतिपयले धुर्मुस–सुन्तली बहुलाए पनि भने । तर पनि उनीहरु बिचलित भएनन् । निरन्तर कर्तब्यपथमा लागिरहे । दर्शक तथा स्रोताका अपार मायाका कारण उनीहरुले त्यो घर त बेच्नु परेन । यद्यपी अझै पनि त्यो ऋण तिर्नका लागि उनीहरु अहोरात्र खटिएका छन् । हाल सरकारको सरसफाई दूतका रुपमा विभिन्न जिल्ला दौडाहामा रहेका उनै धुर्मुसका जोडीसँग दैनिक नेपालका लागि हरि गजुरेलले गरेको अन्तरंग कुराकानीको सम्पादित अंश–
सुरु गरौं तपाईंहरुको सम्बन्धबाट, तपाईंहरुको सम्बन्ध कसरी जोडियो ?
धुर्मुस: दमन रुपाखेती दाईको ‘लौ न सतायो’ नामक डमी टेलिफिल्ममा म प्रोडक्सन कन्ट्रोलर र सुन्तली चाही आर्टिस्टको रुपमा थिईन् । पहिलो पटक मैले सुन्तलीलाई गाडिमा मेक अप गरिरहेको अवस्थामा देखेको थिए । त्यसपछि रेडियो नेपालको ‘दिन प्रतिदिन’ कार्यक्रममा भाग लिँदै अगाडि बढ्यौं । हामी दुवै अविवाहित थियौं । हामी सँगसँगै अगाडि बढ्दै जाँदा दमन दाई, केदार दाजुहरुले पनि जिस्काउन थाल्नुभयो ।
यही बीचमा चार जना मिलेर ‘मेरी बास्सै’ हांस्य टेलिफिल्म बनाउने निर्णय ग¥यौं । धुर्मुस–सुन्तली त्यहीँबाट हिट भयो । कार्यक्रम देखाउन जिल्ला जिल्ला र विदेश तिर जाँदा दर्शकहरुले दाई नमस्ते, भाउजु नमस्ते भन्दथे । वूढावूढी आमाहरुले ‘कस्तो भगवान्ले जुराइदिएको मिल्दो जोडी’ भनेर उर्जा पनि दिइरहने । त्यही समय मैले प्रेम प्रस्ताव राखें । तर त्यसलाई सुन्तलीले सहजै स्वीकार गरिनन् । अहिले हाम्रो काम गर्ने बेला हो । कामै ठूलो हो, अहिले विवाहको कल्पना समेत गरेकी छैन भन्दै टारिन् सुन्तलीले । पछि दुख विमारमा सँगसँगै भयौं । विस्तारै विस्तारै अटोमेटिक प्रेम सम्बन्ध हुँदै वैवाहिक जीवनमा बाँधियौं ।
तपाईंहरुको चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’ बन्द छ । आगामी योजना के छ ?
धुर्मुस: अहिले त्यस्तो केही योजना बनाइसकेको छैन । ‘मेरी बास्सै’ पनि विशेष कारणले रोकिएको हो । नाकाबन्दीको चरम असर र आर्थिक संकटका कारण । हाम्रो अभियानअन्तर्गत सरसफाई बच्चाबच्चीको सर्ट फिल्म बनाउने र अन एयर गर्ने सोचाईमा छौं । हाम्रो धुर्मुस–सुन्तली यू ट्युव च्यानल छ । त्यस च्यानलमा चार पाँच मिनेटका हाम्रा गतिविधी अपलोड गर्दै गइरहेको छौं । तत्कालै टेलिशृङ्खला बनाउने योजनामा छैनौं ।
भूकम्पले ध्वस्त भएको काभ्रेको पहारी बस्तीमा एकीकृत नमुना बस्ती बनाउनुभयो । त्यसका लागि खर्च कसरी जुटाउनुभयो ?
सुन्तली: गत वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प जाँदा हामी अमेरिकामा थियौं । सरकारले सरसफाई दूतको रुपमा हामीलाई नियुक्त गरेको थियो । हामीले अमेरिकामा सरसफाई अभियानलाई लिएर गएका थियांै । त्यहाँ म उद्घोषण गर्थें, सीतारामजी डालो बोकेर फण्ड बटुल्नुहुन्थ्यो । त्यसरी १६ लाख ५० हजार उठायौं । अर्काे पाँच सय डलर आयोजक बुद्धिप्रसाद रेग्मीले हामीलाई दिनुभएको थियो । जम्मा १७ लाख एकमुष्ट ल्याउन सकेनौं । पहिलो चरणमा राहतका दाल, त्रिपाल, म्याट सबै खाद्यान्नका बस्तु वितरण ग¥र्यौं । सिन्धुपाल्चोकको पिपलडाँडामा चर्पी निर्माण ग¥यौं । नुवाकोटमा विद्यालयसँगै ४४ वटा चर्पी निर्माण गर्दा त्यो बजेट सिद्धिसकेको थियो । त्यसो गर्दा हामीलाई मान्छेहरुले पत्याउन थाले । काम पहिला गरौं, फण्ड जसरी पनि जुट्छ भन्ने सोचेर आफ्नै खाताको तीन लाख निकालेर काभ्रे पुग्यौं । जग खन्न थाल्दा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुट्दै गयो ।
धुर्मुस: सुरुमा धेरै सहयोग आएको थिएन । जब हामीले नमुना बस्ती बनाउनका निम्ति घर बेच्ने निर्णय गरेको खबर मिडियामा आयो । त्यसपछि फण्ड जुट्न थाल्यो ।
सुन्तली: हामीले सोचेका थियौं । त्यहीँका स्रोत साधन उपयोग गरेर हामी घर बनाउन सक्छौं । ३० लाख रुपैयाँसम्ममा काम सम्पन्न होला भन्ने हाम्रो सोच थियो । तर हाम्रो सोचाई अनुसार त्यहाँका स्रोत÷साधन उपयोगमा आएनन् । त्यहीँका म्यानपावर प्रयोग गर्दछौं भन्ने सोचेका थियौं तर नुवाकोटबाट ३० जना मिस्त्री चार्ज दिएर काम गर्न लाग्दा दैनिक ४० हजार खर्च हुन्थ्यो । हामी दुई जनामा सल्लाह थियो कि जसरी भए पनि यसलाई पूर्ण गर्नुपर्दछ । खर्च अत्यासलाग्दो हिसाबले बढ्दै थियो । उहाँ एकदमै चिन्तित भएपछि मैले घर बेच्ने सल्लाह दिएँ । घर बनाउनु पर्ने मान्छेले नै घर बेचौं भन्छौं भने त्यो भन्दा ठूलो सपोर्ट के हुन्छ भनेर उहाँ उत्साहित हुनुभयो । घर बेच्ने कुरा कुरा मिडियामा आयो । कतिले स्क्यान्डल मच्चायो पनि भने । धुर्मुस सुन्तली बहुलाए पनि भने कतिले । सामाजिक सेवा गर्नका लागि अलिकति बुहलाउनु पनि पर्ने रहेछ ।
घर बेचेर हामीले सबै त्यही खर्च गर्ने भनेका पनि थिएनौं । दर्शकको माया ममताबाटै कमाएको घर हो । त्यसलाई आधा–आधा बाँड्न खोजेका हौं । उहाँहरुलाई पनि वासस्थान दिने र हामी पनि वासस्थान लिने । एक तलामा बस्न सकौंला, सानो टुक्राको जग्गामा बस्ने हाम्रो चाहना थियो । हामीलाई जुन दर्शकले खुशी दिनुभएकोथियो । तीनै दर्शकलाई खुशी दिने हाम्रो योजना थियो । हामीले त्यसरी सोच्यौं तर बुझ्नेले अर्कै ढंगबाट बुझे ।
मिडियामा त्यो कुरा आएपछि धेरैले तपाईंहरु फुटपाथमा आएर बसेको हामीलाई हेर्ने चाहना छैन भन्ने सल्लाह सुझाव पनि आयो । तपाईंहरुलाई कति सहयोग गर्नुपर्दछ भन्नुभयो । सहयोग पनि जुट्न थाल्यो । त्यसपछि लामो सास फे¥यौं । बस्ती निर्माण गरिसक्दा ६७ लाख लाग्यो । ४७ लाख रकम उठ्यो । झन्डै १९ लाख घाटामा थियौं । तर यस बीचमा आएको स्यावासी, धन्यवादका कारण हामीलाई त्यो रकम ठूलो लागेन ।
भनेपछि अझै १९ लाख ऋणमा हुनुहुन्छ ?
सुन्तली: बस्ती निर्माण भइसकेपछि पनि रकम उठिरह्यो । यो बीचमा १४ लाख रकम उठिसकेको छ । अहिले हामीलाई ८ लाख जति नोक्सान छ । तर दर्शकका मायाका अगाडि हाम्रो लागि यो रकम केही पनि होइन । अस्ति भर्खर पनि दश महिनादेखि तपाईंहरु कहिं कार्यक्रममा पनि गइरहनुभएको छैन । पकेट खर्च चलाउन पनि गाह्रो होला भनेर दुबईबाट नेपालीहरुले नै ३० हजार उठाएर पठाउनुभएको थियो ।
धुर्मुस: ७७ दिनको खटाई त्यो बस्ती निर्माण गर्दा एक प्रकारको आत्मसन्तृष्टि मिलेको छ । त्यो बस्ती डिजाइनफूल छ । अरु कसैलाई त्यसको जिम्मेवारी दिएको थियो भने ६ महिना एक वर्ष अगाडि कसैले पनि निर्माण गर्न सक्दैन थियो । योजना मै बित्थ्यो । हामीले त छिटो भन्दा छिटो उद्धार र राहतका लागि खटिनुपर्दछ भनेर तत्कालै कसैसँग छलफल नगरी काम ग¥यौं । त्यो बीचमा अनेक पीडा छँदै थिए । काखे बच्चालाई छाडेर गएका थियौं । त्यसमाथि रातभर बाघ आउँथ्यो । चट्याङ पर्दथ्यो । कति रात त तड्पिएर पनि रोइयो । तर एउटा राम्रो सुरुवात ग¥यौं भन्ने लाग्दछ ।
बस्तीमा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईदेखि प्रधानमन्त्री केपी शर्मा ओली सम्मलाई पु¥याउनुभयो, के पाउनु भयो उहाँहरुको प्रतिक्रिया ?
धुर्मुस: उद्घाटन भएकै भोलिपल्ट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उहाँ आफैंले फोन सम्पर्क गर्नुभयो । म आफैं पनि एउटा इन्जिनियर पढेको पनि यही । तपाईंले कस्तो बनाउनुभएछ हेर्ने रहर लाग्यो भन्नुभएको थियो । त्यहाँ पुगेपछि उहाँले ‘आफूले परिकल्पना गरे भन्दा धेरै उत्कृष्ठ, कहिँ कतैबाट गुनासो नआउने गरी बनाउनुभएछ’ भन्नुभएको थियो ।
त्यस्तै बालुबाटरमा एउटा भेटघाटमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले म शनिबार तिमीहरुले बनाएको बस्ती हेर्न जान्छु भन्नुभएको थियो । हामीलाई परेको क्षति छुट्टै कुरा सरकारको कुनै उपस्थिति थिएन । बाबुराम भट्टराईले अवलोकन गरेर फर्कनुभएको त्यत्रो लामो समयपछि कसैले चासो नदिँदा दुख पनि लागेको थियो । स्वंय सरकार प्रमुख गएर बस्ती हेर्नुभयो, स्यावासी पनि दिनुभयो । उहाँले तिमीहरु किन दुब्लायौं भनेको त रातदिन यहाँ खट्दा रहेछौं त्यही भएर पो यस्तो दुब्लो देखिएको रहेछ पनि भन्नुभयो ।
सुन्तली: हामीले २० घर बनाएका हौं । दुई घरमा होमस्टे बनाएका छौं । १८ परिवार बस्दै आउनुभएको छ । जम्मा ५७ घरपरिवार पहरी बस्ती रहेकोमा हामीले सबैलाई पुग्ने गरि बस्ती बनाउन सकेनौं । हाम्रो जति क्षमता थियो त्यति हामीले ग¥यौं । गरे के नहुने रहेछ भनेर हामीले त्यो गरेका हौं । पुरै ५७ घरपरिवार अट्नका लागि हामीले आफ्नो पूरै घर नै बेचे पनि सम्भव नहुने थियो । हामीले यति उदाहरण दिएपछि विभिन्न संघ संस्थाले यस प्रकारको काम गर्न सकिँदो रहेछ भन्ने हो । तर हामीलाई पच्छाउँदै कसैले यस्तै नमुना बस्ती बसाउला कि भनेको तर ६ महिना बितिसक्दा पनि कसैको पहल नदेख्दा दुःख लाग्दछ । सरकारसँग हाम्रो यही मात्र आग्रह थियो ।
म त्यहाँ प्रधानमन्त्रीलाई स्वागत गर्न बसेको थिएँ । माला पहिराउन बसेको थिएँ । मलाई देख्ने वित्तिकै ‘तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्छ’ भन्नुभयो । त्यो मैले नै खेलेको भिडियो हो । यत्रो टर्चर भएको समयमा प्रधानमन्त्रीको दिमागलाई मान्नै पर्दछ ।
तपाईंहरु सरकारको सरसफाई दूत पनि हुनुहुन्छ, सरसफाई गर्दै हिँड्दा आनन्द आँउदो रहेछ कि कलाकर्ममा लाग्दा ?
धुर्मुस: आनन्द त सामाजिक बस्तुले नै दिँदो रहेछ । तर यो सामाजिक कर्ममा जोड्नका लागि कलाकर्मले नै महत्वपूर्ण भूमिका खेलेको हो । सायद हामी सफल कलाकर्मी थिएनौं भने सरसफाई दूत पनि हुँदैनथ्यौं होला । स्यावासी जसरी कलाकर्ममा रहँदा पाएका थियौं । त्यो भन्दा कयौं गुणा बढी स्यावासी सामाजिक सेवा गर्दा पाएका छौं । हाम्रो कामले कोही मान्छे सुधारिए । अहिले देशका विभिन्न ठाउँमा धुर्मुस–सुन्तली राष्ट्रिय सरसफाई अभियान क्लब बन्ने कामले तिव्रता पाइरहेको छ ।
सुन्तली: हामीले कलाकर्मबाट दर्शकलाई हसाउन सकेका रहेछौं भन्ने अनुभूति भएको छ । एकदमै टेन्सन भएका दर्शकलाई आधा घण्टा भने पनि हँसाउन सकेका रहेछौं । अब हामी समाजमा जानुपर्दछ भन्ने कुरा भूकम्पले पनि सिकायो । हिजो जुन दर्शकलाई कलाकर्मबाट हँसाएका थियौं आज उनीहरुलाई नै समाजसेवा गरी हँसाउन पाउँदा आत्मसन्तृष्ठी मिलेको छ ।
रामेछापदेखि झापासम्म सरसफाई दूत बनेर जाँदा सरसफाईको अवस्था कस्तो अवस्था पाउनुभयो ?
धुर्मुस: माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार हामी सरसफाई दूत बनेका थियौं । अमेरिका जानुअगाडि तीस जिल्लामा यो कार्यक्रम सञ्चालन गरेका थियौं । जिल्ला सरसफाइयुक्त भएको छ । हाइवेमा कतै चर्पि देखिँदैन । काठमाडौंको रिङ रोडमा कतै पनि चर्पी छैन । हामीले जुन उद्देश्यले फण्ड उठाएका थियौं । त्यो भूकम्पपछि भएको क्षतिमा राहतका लागि खर्चियौं । सरकारले हामीलाई २०१७ सम्ममा खुल्ला दिशामुक्त बनाउने भनेको छ । तर चर्पी बनाएर मात्र हुँदैन, अनुगमन कसले गर्ने ? धुर्मुस–सुन्तली सरसफाई राष्ट्रिय अभियान दिमागी सरसफाई अभियान हो । यो अभियान सिंगो देशभर सञ्चालन हुँदैछ ।
सुन्तली: पहिला हामी नागरिक हौं भन्ने कुरा हामीले बुझेका रहेनछौं । फोहोर फाल्न जान्यौं तर फालेको फोहोर टिप्न जानेनौं । धेरै ठाउँमा हामी गएपछि भाग्ने, लुक्ने गरेको दृश्य पनि देखियो । प्रायःजसो हरेक जिल्लामा फोहोर छ । तर तराईमा अलि बढी फोहोर देखिन्छ । फोहोरको व्यवस्थापन चुनौती रहेछ । सरकारी कार्यालयका चर्पी, सिडियो र जिविसको चर्पीसमेत सफा ग¥यौं । हाम्रो ठ्याङ्ग्रो ठोकाउने अभियान हो । शिक्षक विद्यार्थीले प्रयोग गर्ने चर्पी एउटै हुनुपर्दछ भन्ने हाम्रो जोड हो । सबैभन्दा बढी फोहोर काठमाडौंमा छ । सिंहदरबारभित्र पनि फोहोर छ । हामी चाँडै त्यहाँभित्र गएर सफा गर्नेछौं ।
धुर्मुस: हामी सबै ठुटे नेता मात्र भयौं । दलका झण्डा बोक्ने भयौं । नागरिक भएर सोचेनौं । त्यही कारण पनि समस्या आयो । विकासको पहिलो आधार भनेको सरसफाई हो । विदेशीहरु सुन्दरता हेर्ने आउँछन्, फोहोरको डुंगुर हेर्न त आउँदैनन नि ।
प्रायः कलाकर्मी कुनै न कुनै पार्टीको झण्डा ओडिरहेको समयमा धुर्मुस–सुन्तलीलाई लाग्दैन कुनै पार्टीको झण्डा ओडौं ?
धुर्मुस: हामी राजनीतिक दलसँग भन्दा पनि एउटा सामाजिक शक्ति निर्माण गर्ने अभियानमा छौं । आज कसैप्रति डरै भएन । देशका लागि काम गर्न सामाजिक शक्ति भएन । हामी त्यही सामाजिक शक्ति निर्माणको क्रममा छौं । राजनीतिक हिसावमा अगाडि बढ्ने बारे केही सोचेका छैनौं ।
झापाबाट काठमाडौं आउँदै गर्दा यस्तो नाम कमाउन सक्दछु भन्ने लाग्दथ्यो ?
धुर्मुस: नामभन्दा पनि जन्मेपछि केही काम गर्नुपर्छ, हरेश खानुहुँदैन भन्ने सोच थियो । कलाकर्मबाट सफल हुँला नहुँला तर म राम्रो चित्र बनाउँथे । देशकै नामी चित्रकार बन्छु भन्ने लाग्दथ्यो । कलाकर्मबाहेक समाजिक कर्मबाट अगाडि बढाउनका लागि अझै धेरै गर्नुछ ।
सुन्तली: कर्ममा विश्वास राख्दथें । सानो हुँदा ऐना हेरेर हिरोइन बन्छु भन्ने सोच्थें । कमेडियन कलाकार बन्छु, धेरैले चिन्नुहुन्छ भन्ने चाँही थिएन ।
हांस्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मासम्म धमाधम फिल्म निर्माणतिर लागेका छन्, तपाईंहरुलाई रहर लागेन ?
धुर्मुस: हामी चलचित्रमा आबद्ध भएर पनि काम ग¥यौं । भोलीका दिनमा नआउला भन्ने पनि छैन तर तत्कालै त्यस्तो योजना छैन । तत्काल मुसहर बस्तीलाई नमुना बस्ती बनाउने बारेमा सोचिरहेका छौं ।
६ एकान ६, वडा नम्बर ६ मा पनि हुनहुन्थ्यो । तर दिपाश्रीद्धारा निर्माण गर्न लागिएको ‘लप्पन छप्पन’ मा अटाउनुभएन, कारण के हो ?
नअटेको भन्दा पनि दीपा दिदीले बारम्बार आग्रह गरिरहनुभएको छ । सिंगो देशलाई सरसफाइयुक्त बनाउनुपर्ने भएको हुँदा समय दिन नसकेको कारण आफैं पन्छिएको मात्र हो ।
कलाकर्ममा लागेर के कमाउनुभयो/के गुमाउनुभयो ?
कमाउन त दर्शकको माया कमाइयो, नाम कमाइयो । सबैभन्दा ठूलो सम्पत्ति त्यही हो । घर बनाइयो काठमाडौंमा, गाडि चढेर हिँड्छौं कमाएको त्यही हो । गुमाउन चाहिँ ब्यक्तिगत जीवन नहुँदो रहेछ कहिँलेकाही महशुस हुन्छ । चाडपर्वको समयमा विदेशमा कार्यक्रममा हिँड्दा आफन्तहरुको गुनासो आउँछ । जे छ, ठीक छ ।
स्रोत : दैनिक नेपाल

No comments: