LATEST NEWS

पत्रकारमाथि भएको आक्रमणको माफी माग्दै लिम्बुवानद्वारा अनिश्चितकालीन आमहड्ताल फिर्ता

Posted by Unknown ~ Saturday, 5 September 2015

झापा – नेपाल पत्रकार महासङ्घ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईंमाथि कुटपिट भएको घटनाप्रति सङ्घीय लिम्बुवान पार्टी नेपालले दुःख व्यक्त गर्दै आत्मालोचना गरेको छ । आज दिउँसो बिर्तामोडमा भएको सर्वपक्षीय वार्तामा आत्मालोचना गर्नेसहित चारबुँदे सहमति भएको हो । सहमतिअनुसार उक्त घटनामा घाइते पत्रकार हुमागार्इंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अब उप्रान्त लिम्बुवान पार्टीसहित सबै राजनीतिक दल र सङ्गठनले त्यस्ता घटना नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेको पत्रकार झापाका सचिव एकराज गिरीले बताए । भदौ १५ गते लिम्बुवानले आयोजना गरेको बन्दका क्रममा रिपोर्टिङका लागि बिर्तामोडको मुक्ति चोकमा पत्रकार हुमागार्इंलाई लिम्बुवानका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका थिए । उनको हाल बिएन्डसी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको भनी सोही दिन प्रहरीले पक्राउ गरेका लिम्बुवानका पाँच कार्यकर्तालाई बिनासर्त रिहाईका लागि प्रशासनसँग पहल गर्ने र लिम्बुवानले कार्यकर्ता रिहाईको माग गर्दै हिजोदेखि अनिश्चितकालीन घोषणा गरेको बन्द हडताललगायतका सम्पूर्ण कार्यक्रम कार्यकर्ता रिहाइसँगै फिर्ता लिने सहमति भएको छ । पक्राउ परेका कार्यकर्ता वार्ता सकिएलगत्तै आज नै रिहा हुने र लिम्बुवानले पनि आज नै सबै आफ्ना आन्दोलन फिर्ता लिने भएको छ । त्यस्तै, राजनीतिक दल सङ्गठन र पत्रकारहरुले समेत आ–आफ्नो आचारसंहिता पालना गर्ने र सबै पक्ष आ–आफ्नै मर्यादामा रहने सहमति भएको छ । पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको वार्ताको सहजीकरण नेपाली काँग्रेसका सभापति उद्धव थापा, नेकपा ९एमाले०का अध्यक्ष चिन्तन पाठक र एनेकपा ९माओवादी०का उपाध्यक्ष राजु आचार्य ‘अग्नि’ले गरेका थिए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply