बन्द अवज्ञा गर्दै उद्योग सञ्चालनको तयारी
भैरहवा – मधेसी मोर्चाले विगत तीन सातादेखि गरेको बन्द र हड्तालको चपेटामा परेका भैरहवा–लुम्बिनी करिडोर र परासी क्षेत्रका उद्योग सञ्चालनको तयारी गरिएको छ । लगातारको अनिश्चितकालीन बन्दका कारण उत्पादन ठप्प हुँदा उद्योगका पार्टपुर्जामा खिया लाग्ने र जाम हुने समस्या देखिएपछि बन्द अवज्ञा गर्दै यस क्षेत्रका उद्योगले उद्योग सञ्चालनको तयारी गरेका हुन् ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बन्द, हड्ताल जे भए पनि बैंकले ऋणको ब्याज छुट नदिने हुनाले जस्तोसुकै अवस्थामा पनि उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments: