LATEST NEWS

करिश्मा मानन्धर भन्छिन् मैले व्यवहारिक माया गरेकी थिए

Posted by Unknown ~ Wednesday, 23 September 2015

नेपाली चलचित्रक्षेत्रकी सुन्दरी नायिका भनेर चिनिएकी नायिका करिश्मा मानन्धरले प्रेम भन्ने चिज व्यक्त गरेर नसकिने बताएकी छिन् । एक अनलाइन पत्रिकासँगको कुराकानीमा उनले माया कसैको रुप, आर्कषणलाई हरेर नहुने बताइन् । उनले भनिन्, ‘प्रेम कसैको करकापमा गरिदैन माया स्वत हुने चिज हो । प्रेमले रुप, बनावट, रंग केहि पनि हर्दैन । जुन प्रेम यूग युगसम्म चल्छ त्यहि नै माया हो’ । उनले प्रेम हुनुभन्दा सुरुमा एक व्यक्तिमा आर्कषण हुने, एकअर्कालाई नजिक हुन मन लाग्न मन हुने बताउँछिन् । करिश्माले अगाडी भनिन, ‘यो संसार नै मायाले अडिएको छ । हामीले माया भन्नेपछि पुरुष र महिलामा हुने प्रेमलाई मात्र भन्ने गर्छौ त्यो कदापी होइन प्रेम जो कोहीसँग पनि गरिन्छ र त्यसैलाई नै माया भनिन्छ ।’ उनी आफुले चाहीँ व्यवहारिक जीवनलाई अगाडी बढाएर बिनोद मानन्धरसँग बिवाह गरेको बताइन् । १८ बर्षका उमेरमा बिवाह गरेकी करिश्मा भन्छिन्, ‘मैले चाँहि आर्कषणलाई धेरै प्राथमिकतामा राखिन । मैले बिहे गर्दा मायालाई केहि पछाडी राखेको थिए त्यति बेला मैले व्यवहरिक पक्षलाई विशेष प्राथमिकतामा राखेको थिए ।’ उनी प्रेम र बिवाह फरक हुने बताउँछिन् । उनी भन्छिन्, ‘त्यहि प्रेम जब व्यवहारिक हुन्छ तब फरक स्वभाविक नै हुने गर्छ । त्यति बेला आकर्षण नरहन सक्छ । तर जब व्यवहारिक माया हुन्छ त्यो चाँहि अझै बलियो र राम्रो हुन्छ । एकअर्काको कुरा सुन्नु पर्छ, व्यबहारिक बन्नु पर्छ, यदि यो भयो भने सम्बन्ध बलियो र प्रगाढ हुन्छ ।’स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply