LATEST NEWS

पुरुषको मात्र रुद्रघन्टी हुन्छ महिलाको किन हुदैन त ? (थाहा पाउनुहोस)

Posted by Unknown ~ Wednesday, 23 September 2015

वास्तवमा रुद्रघण्टी पुरुषमा मात्र होइन् महिलाहरुमा पनि हुन्छ । तर यो पुरुषमा राम्रोसँग देखिन्छ भने महिलामा देखिन्न । ल्यारिङ्कस (मानिसको घाँटीमा रहेको आवाज निकाल्ने अङ्गलाई ढाक्ने ९ प्रकारका हड्डीहरु मध्ये रुद्रघन्टी पनि एक हो । यो दुईवटा हडडीहरु मिलेर वनेको हुन्छ । रुद्रघन्टी कति ठुलो छ भन्नेकुरा यी दुईवटा हडडी विचको कोण कति छ भन्ने कुरामा भर पर्छ । पुरुषहरुमा यी दुई हडडीहरु विचको कोण ९० डिग्रीको हुन्छ भने महिलामा १२० डिग्रीको हुन्छ ।त्यसैले पुरुषको रुद्रघन्टी राम्रोसँग देखिन्छ । जन्मदा महिला पुरुषको रुद्रघन्टीको आकार उस्तै भएपनि किसोरावस्थामा पुरुषमा टेस्टेस्टेरोन हर्मोनको उत्पादन बढी हुने कारण ल्यारिङ्गस्को आकार ठुलो हुन जान्छ । ल्यारिङ्कस् ठुलो भएपछि रुद्रघन्टी पनि स्वतः ठुलो हुन जान्छ । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply