राष्ट्रियताको बिषयमा खुट्टा कमाउदिन
प्रधानमन्त्री सुशील कोईरालाले राष्ट्रियताको बिषयमा खुट्टा नकमाउने बताएका छन् ।
भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोईरालाले अहिले सीमामा देखिएको समस्यालाई कुटनीतिक तवरले समाधानको प्रयास गर्ने बताए । सुरक्षा निकायका उच्च अधिकारी सहित भैरहवा आएका प्रधानमन्त्रीले अहिले सीमामा देखिएको समस्याले नेपाललाई नभई भारतलाई नै नोक्सान भै रहेको दाबी गरे । उनले यी समस्याहरु अबको केही दिनमा नै ठिक भएर जाने
बताए ।
मधेश आन्दोलनकाम क्रममा रुपन्देहीमा भएका बिभिन्न घटनाहरुका बारे प्रधानमन्त्रीले चासो दिएका थिए । अहिलेको संविधान बिभिन्न आस्था र बिचार बोकेका पार्टीहरुको समेत भावनालाई समेटेर ल्याएको ‘सम्झौताको संविधान’ भएको उनले जिकिर गरे । नेपालको संविधान कल्पना नै नगरेको परिवर्तनको रुपमा आएको प्रधानमन्त्रीले टिप्पणी गरे । उनले बिभिन्न समुदायमा संविधान बारे अनावश्यक भ्रम फैलाईएको बताउँदै अहिलेको संविधान लोकतन्त्रको निम्ति अत्यन्त सकारात्मक रहेको दाबी गरे ।
प्रधानमन्त्री कोईरालाले मधेसको समस्या वार्ताबाट नै चाँडै समाधान हुने बताए । जिल्ला भ्रमणको क्रममा कोईरालाले रुपन्देहीमा भएका बिभिन्न घटनामा मरेका परिवारहरुलाई समेत भेटेका छन् । प्रधानमन्त्रीसँत बनमन्त्री महेश आचार्य, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, कांग्रेस नेता आनन्द ढुङ्गाना लगायत सुरक्षा निकाय तथा प्रशासनिक निकायका अन्य उच्च कर्मचारीहरु आएका थिए । स्रोत : दैनिक नेपाल

No comments: