ओडिसाकी अनन्या बनिन् इन्डियन आइडल जुनियर
मुम्बाई – ओडिसाकी अनन्या नन्दा इन्डियन आइडल जुनियरको दोस्रो सीजनको विजेता घोषित् भएकी छिन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा नहिद आफ्रिन र नित्याश्री भेन्काटरामननलाई पछि पार्दै अनन्याले ट्रफीमा कब्जा जमाएकी हुन् । ट्रफीसँगै अनन्याले सोनी टिभीबाट भारु १० लाख बराबरको करार प्राप्त गरेकी छिन् । जीतपछि बोल्दै उनले भनिन्, यो मेरो जीवनको सबैभन्दा खुुसीको क्षण हो । यस प्रतियोगितामा पाएको प्रशिक्षण र प्रतियोगितामा पाएको मायाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । गत मे महिनामा शुरु भएको लोकप्रिय शोमा भारतका विभिन्न भागबाट प्रतियोगीहरु छनौट भएका थिए । प्रतियोगितामा नायिका सोनाक्षी सिन्हाको साथमा सलिम मर्चेन्ट र विशाल दद्लानी जजका रुपमा रहेका थिए ।

No comments: