LATEST NEWS

यू–१९ प्रिमियर लिग क्रिकेटः नेपाल उपविजेतामै सीमित

Posted by Unknown ~ Saturday, 5 September 2015

काठमाडौँ–मलेसियामा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटको च्याम्पियन बन्न मलेसिया र अफगानिस्तानबीच भएको खेलको नतिजा पर्खेको नेपालले अन्ततः उपविजेतामै सीमित भएको छ । अन्तिम खेलमा अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गरेसँगै नेपाल उपविजेतामा सीमित बनेको हो । मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य २१.३ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो । आज बिहान भएको अन्तिम खेलमा साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारे पनि नेपाल उपविजेतामै सीमित बन्यो । च्याम्पियन अफगानिस्तानले जारी प्रतियोगितामा सबै खेल जितेको छ । सबै खेल जितेको अफगानिस्तान १० अङ्कसहित च्याम्पियन बनेको हो । समान खेलबाट आठ अङ्कमात्र जोडेको नेपाल उपविजेता बनेको छ । अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो । अन्तिम खेलमा मलेसियाले अफगानिस्तानलाई हराएको भए नेपाल च्याम्पियन बन्ने थियो । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुबेत र साउदी अरेबियालाई पराजित गरे पनि अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply