LATEST NEWS

गायिका रेउले भन्छिन्, ‘छाडा गीत ल्याउँदा विकृत बढ्छ’

Posted by Unknown ~ Saturday, 5 September 2015

तीज गीत ‘नाचम् न छमछमी’ मार्फत कस्तो सन्देश दिँन खोज्नुभएको हो ? 
त्यस्तो सन्देश भन्दा पनि विषेशत रमाइलोका लागी हो । गीतले बोल्न खोजेको भाका ठट्यौउली पारामा केटा÷केटीको बेजोड हानाहान छ । यसलाई तिज गित मात्रै हैन, दोहोरी भन्न पनि रुचाउछु । 
तपाइको नयाँ गित कस्ता खालका दर्शक स्रोतामा केन्द्रित गर्नु भएको छ ? 
विशेष त म पश्चिमको भएर यसमा पश्चीमेली लयलाई समावेश गरिएको छ । तर अहिले पूर्व पश्चिम भन्ने नै छैन । सबैले सुन्न सक्नुहुन्छ । तीज गीत ‘नाचम् न नाचम् न, वारुली कम्भर भाचम् न’ युट्युवमा सबैले हेर्न सक्नुहुन्छ । 
तपाइ कलाकारीतामा चाँही कसरी प्रवेश गर्नु भयो ? 
बच्चै देखि हो । २०५३ साल देखि औपचारिक रुपमा यस क्षेत्रमा हाम फालेँ । ०५३ सालमा द रेयुकाइ नेपालले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा मैले भाग लिएँ । जतिवेला म कक्षा चारमा पढथे । त्यही देखि आजपर्यन्त गायनकै यात्रामा छु । हालसम्म मेरो एल्वमको हिसावले आठ ओटा र गीतको हिसावले एक दर्जन जति गीत आइसकेका छन् । 
तपाइ गायनमा कुन विधाबाट आउनुभयो ? 
विशेषगरी म प्रत्यक्ष लोक गायनबाट आएको हुँ । मेरो रेर्कडेड गीतले निरन्तरता पाइरहनु एकदमै खुशीको कुरा हो । 
म्युजिक भिडियोहरु पनि निकाल्नु भएको छ ? 
 ०५९ साल देखि म साङ्गीतिक यात्राको अर्को मोडमा छु । रेर्कडेड गीतहरु गर्न थालेको त्यतिवेला देखि नै हो । म्युजिक नेपालले ०५९ सालमा निकालेको ‘थानटमा सल्ला पलायो’ भन्ने मेरो अडियो रेकडेर्डमा राम्रो चलेको थियो । केही अडियो र भिडियो गरेँ मैले । सबे राम्रै हुन्छन भन्ने छैन । परार सालको तिज गित राम्रो चलेको थियो । ‘गजवै हुने भयो तीज’ भन्ने । पोहोर साल ‘मादालु बज्यो’ भन्ने आफनै प्रस्तुतीमा निकालेको थिए । तीजका गीतहरु अत्यधिक आएका छन । कत्तिपयले विकृति बढेको कुरा गर्दैछन्, गीत सुन्नेहरुका लागि के भन्नुहुन्छ ? 
तिजमा बेदनाका गितहरु धेरै कम सुन्न पाईन्छ । यसको अर्थ मलाई के लाग्छ भने, पहिले–पहिले आमा छोरीहरु बर्षमा एक पटक भेट हुने, वेदनाका पा्ेकाहरु खेल्ने, आमाले छोरीसँग बुहारीले सासुसँग झगडा गरेको कुराहरु साटासाट गर्ने गर्थे । तर समयमा भारी परिवर्तन आएको छ । हिजो गोबर चलाउने हातहरु आज कम्युटर चलाउन अभ्यस्त छन । सबै ठाँउमा विकास नभएका हुनसक्छन । वेदनाका केही गीत आएका पनि छन । परिवर्तनसँगै पुरुषहरुले पनि गाउन थालेका छन । विकृतिका हिसावले छाडा गीतहरु ल्याउनु हुन्न भन्ने मेरो पनि मान्यता हो । तपाई हामी हाम्रो परिवरसँग बसेर हेर्न र सुन्ने सक्ने खालका गीतहरु मात्र ल्याइनु पर्छ । 
पछिल्ला बर्षहरुमा गीतहरु बजारमा ल्याउने बाहेक प्रचारको दौडमा पनि तछाड मछाड गर्ने र रातारात हिट हुन खोज्नेहरु पनि छन नी ? 
यो इन्र्टरनेटको विकासले गर्दा भएको हो । मलाइ लाग्छ पहिला लागि नपरेर म पछाडी परेँ । जमाना प्रमोशनको र प्रचार प्रचारको छ । त्यसकारण आफुलाई कम्युटरमा पनि अभ्यस्त बनाउनु पर्ने भएको छ भन्ने मलाइ लागेको छ । 
तपाइका गाएका गितमध्ये आफैंलाई राम्रो लागेको र सवैभन्दा चलेको गित कुन हो ? 
मलाइ त आफनो सबै सिर्जना राम्रै लाग्छ । परार साल गाएको ‘वरी लै नाचम न छमछमी’ भन्ने अत्यन्त मन पर्छ । किनकी त्यसमा वेदनाहरु पनि छन । वरी लै भन्ने स्लो गीत थियो । ठट्यौली पारामा रहेको ‘गजवै हुने भो तीज’ भन्ने बोल गरी दुइवटा गीत निकालेको थिएँ । तर वास्तवमा यही ठट्यौली पाराको गीतले बढी चर्चा पायो । त्यसैले यस बर्ष पनि मैले ठ्यौली पाराको तीज गीत ल्याएकी छु ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply