LATEST NEWS

डलरको लोभमा पतिलाई झुक्याउँदा यस्तो हालत

Posted by Unknown ~ Friday, 25 September 2015

नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुराएर जोखिमपूर्ण कामका लागि बेच्ने गिरोह मधेस आन्दोलनसँगै सलबलाएको पाइएको छ । आजको नागरिक दैनिकमा लेख्छ स्थलमार्गबाट भारतको नयाँदिल्ली पुर्याएर प्रतिबन्धित इराक पुर्याउन हिँडेका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको छ । सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका २ दलालसमेत पक्राउ परेका छन् । प्रहरीका अनुसार ती युवतीलाई उग्रवादी इस्लामिक लडाकु आइएसआई प्रभावित इराकी सहर कुर्दिस्तान लगिँदै थियो । मधेस आन्दोलन र्चिएयता उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा बढाइएको निगरानीका कारण सात चेली बेचिनबाट जोगिएको प्रहरीको दाबी छ । डलरको लोभमा श्रीमानलाई समेत नभनी उनीहरु हिँडेका थिए । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply