मोदीलाई अर्काे झट्का प्रचण्डको कडा भाषणले
सरकारले संविधान जारी भएको दोस्रो दिन राजधानीको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विजय सभामा शीर्ष नेताहरु कडा रुपमा प्रस्तुत भए । उनीहरु नेपालको संविधानको विरोध गरिरहेको भारतविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । जसमा सबैभन्दा बढी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कडा रुपमा प्रस्तुत भएका थिए ।
प्रचण्डले टुँडिखेलको मञ्चबाट आफूहरु भारतको ‘यस म्यान’ बन्न नसक्ने बताएका थिए । यो भाषणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतलाई कडा झट्का लाग्यो ।
यसअघि आफूना विशेष दूत जयशंकरमार्फत नेपालको कडा झट्का खाएका मोदीलाई प्रचण्डको भाषणले अर्काे झट्का दियो ।
नेपालका नेताहरु हामीले भनेको मान्छन्, नेपालमा हामीले जे भन्यो त्यही हुन्छ भन्ने घमण्डलाई प्रचण्ड र केपी ओलीको अडान र टुँडिखेलको भाषणले असफल पारिदिएपछि मोदीलाई ठूलो झट्का लागेको हो । यसैबीच प्रचण्डको कडा भाषणलाई भारतीय सञ्चारमाध्यमले कडा रुपमा लेखेका छन् ।
भारतको एक न्यूज च्यालन आजतकले भारतसँग मित्रका रुपमा अघि बढ्न तयार भएपनि नेपालमा भारतको ‘जि–हजुरी’ चल्न नसक्ने प्रचण्डको कडा भाषणलाई ‘भारत की जी–हुजूरी नहीं करेगा नेपालः प्रचण्ड’ शीर्षकमा छापेको छ ।
यस्तो छ भारतको न्यूज च्यालन आजतकले प्रकाशित गरेको समाचारः
भारत की जी-हुजूरी नहीं करेगा नेपाल: प्रचंड
‘नेपाल के प्रमुख राजनेताओं ने सोमवार को भारत और चीन के साथ अच्छे रिश्ते रखने की वकालत की. वहीं, यूनाइटेड कम्युनिस्ट पार्टी (माओवादी) के पुष्प कमल दहल प्रचंड ने कहा कि नेपाल भारत का अच्छा दोस्त बनना चाहता है, लेकिन उसकी जी-हुजूरी करने वाला नहीं बनना चाहता. नेपाल में भारतीय सीमा से लगे हिस्सों में नये संविधान को लेकर रविवार को हुए हिस्रक प्रदर्शन पर भारत ने चिंता जताते हुए बातचीत से मतभेद सुलझाने को कहा था. इसके एक दिन बाद प्रचंड ने यह बात कही. रविवार को नेपाल का नयाँ संविधान जारी हुअा था . स्वागत करें भारत-चीन संविधान लागू करने के मौके पर तुंडीखेल मैदान में आयोजित संयुक्त रैली को संबोधित करते हुए प्रचंड ने कहा कि नेपाल भारत की चिंताओं पर ध्यान देने को तैयार है. लेकिन भारत से भी ऐसे ही रुख की उम्मीद है. अपने भारत विरोधी रुख के लिए पहचान जाने वाले प्रचंड ने कहा कि भारत और चीन को संविधान लागू होने के इस ऐतिहासिक पल का स्वागत करना चाहिए. पड़ोसी देशों से हों अच्छे रिश्तेः कोइराला इसी सभा को संबोधित करते हुए प्रधानमंत्री सुशील कोइराला ने कहा कि नेपाल दोनों पड़ोसी देशों भारत और चीन के साथ सौहार्दपूर्ण रिश्ते रखकर आगे बढ़ना चाहता है.’
स्रोत : दैनिक नेपाल

No comments: