डाक्टर बोलाइदेऊ भनदा कसैले सुनेनन्
चितवन भरतपुरस्थित ओम अस्पतालमा प्रसूति गराउन आएकी सुत्केरी र शिशुको मृत्युपछि आफन्त र परिवारले विरोध जनाउँदा तनाव भएको छ । डाक्टर र अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै स्थानीय विरोधमा उत्रिएपछि दिनभर तनाव भएको थियो ।
गत बुधबार सुत्केरी बेथा लागेर आएकी चितवन–८ चनौलीकी ३० वर्षीया मञ्जुकुमारी महतोको उपचार क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । सुत्करी भएको केही बेरमै शिशुको पनि मृत्यु भएको थियो । पीडित परिवारले चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै नाराबाजी गर्दा शुक्रबार बिहानदेखि अस्पताल बन्द गर्नुपरेको थियो ।
आक्रोशित पीडितबाट कुनै अप्रिय घटना नहोस् भन्दै दिनभरि बन्द अस्पतालबाहिर सुरक्षाकर्मीले पहरा दिएका थिए । बच्चा जन्मेपछि अत्याधिक रक्तस्रावले सुत्केरीको ज्यान गएको चिकित्सकले दाबी गरे । मृतकको पति गंगारामले नर्स र डाक्टरको लापरबाहीले श्रीमती र बच्चाको मृत्यु भएको आरोप लगाए । ‘मञ्जुु चिच्याई राखिन्, डाक्टर बोलाइदेऊ’ उनले भने, ‘तर उनीहरुले सुनेनन् ।स्रोत : दैनिक नेपाल

No comments: