LATEST NEWS

नायिकाले यस्तो गर्दिएपछी निर्मातालाई झनै टेन्सन......

Posted by Unknown ~ Wednesday, 23 September 2015

झेली नामक चलचित्रबाट नेपाली रजतपटमा देखिएकी नायिका सुरविना कार्की अझै पनि गुमनाम नै छिन् । त्यसपछि अर्यानसँग नाइकेमा देखा परे पनि उनीमाथि न दर्शकको नजर पर्न सक्यो न त निर्माता निर्देशककै । त्यसैले आफ्नो पब्लिसिटीका लागि उनले अर्कै विकल्प अपनाएकी छिन् । काम नपाएपछि निस्केको फुर्सदको समय सदुपयोग स्वरुप उनले आफ्ना आकर्षक फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै सयौं लाइक्सहरु बटुल्नुलाई दैनिकी बनाइरहेकी छिन् ।फोटो हेरेर आउँने लाइक्स र कमेन्टलाई आफ्नो अमूल्य कमाइ सम्झेर सुरविना दंग हुँदै आएकी छिन् । पछिल्लो समय उनले फिल्म ‘लुकामारी’मा अभिनय गरिरहेकी छिन् । सुरविनाले फिल्मको मुहुर्तदेखि दैनिक भैरहेका छायांकनको फोटो फेसबुकमा हालेर आफूले काम गरिरहेको जानकारी दिइरहेका छन् । उनले अपलोड गरेका फोटोहरु हेरेपछि फिल्म भित्र सुरविना विवाहित हुन्छिन् भन्ने जान्नका लागि दर्शकलाई हलसम्म जानुपर्दैन । यसले फिल्मको सस्पेन्स पहिले नै खोलिएपछि निर्मातालाई हुनसम्मको टेन्सन भएको छन् । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply