LATEST NEWS

पैसा कसरी बचाउन सकिन्छ ?(थाहा पाउनुहोस)

Posted by Unknown ~ Thursday, 1 October 2015

आज सास टिप्स अन्तर्गत हामी तपाईलाई पैसा कसरी बचाउन सकिन्छ भन्ने सिकाउंदैछौं । आजकाल हामी जति नै बढी पैसा कमाएपनि उतिनै खर्च भएर हैरान बनेका छौं भने यसै सम्बन्धमा हामीले तपाईलाई केहि सहज तरिका जसको कारण तपाइँले सजिलै पैसा बचाउन सक्ने तरिका सिकाउँदै छौं । यो टिप्सका कारण तपाइँ आफ्नो फजुल खर्च केहि मात्रामा भएपनि कन्ट्रोल गर्न सक्नुहुनेछ । पैसा बचाउन सक्नु सधै र सबैका लागि राम्रो कुरा हो । फजुल खर्च बचाउनु भनेको भविष्यका लागि जगेर्ना गर्न सक्नु हो । यसको कारण भविष्यमा तपाइँ समस्याबाट मुक्त हुनुको साथै सरल जीवन व्यतित गर्न सक्नुहुनेछ । पैसा बचाउने सहज तरिकाहरु निम्न लिखित छन् १. सपिंग यदी तपाइँलाई सपिंग गर्ने बानी बसेको छ भने त्यसलाई कम गर्नुहोस् । अनलाइन मार्फत पनि आजकल तपाइँले सपिंग गर्न सक्नु हुनेछ यसो गर्दा तपाइको सपिंग गर्न बजार चहार्ने र अनेकौ सामानहरु समेत किन्ने सम्भावना कम हुन्छ । किनकी अनलाइन सपिंग गर्दा तपाइलाई जे चाहिने हो त्यो मात्र अर्डर गर्नुहुनेछ । बजार डुल्दा जस्तो अनेकौं नचाइने सामान किन्ने सम्भावना रहँदैन । २. एक बाकस बैंक बनाउनुहोस् बकस बैंक भनेको खुतुर्के जस्तै हो । यस्तो बकस फर्निचरले २/३ सयमै बनाइदिन्छन् । वा खुतुर्के किन्नुहोस् र दैनिक थोरै भए पनि रकम जम्मा गर्न थाल्नुहोस । दैनिक रुपमा थोरै पैसा हाल्ने गर्दा तपाइँलाई भविष्यमा जस्तो सुकै काममा त्यो पैसाको काम आउन सक्छ । ३. पैसा बचाउछु भन्ने दृढ संकल्प राख्नुहोस यदी तपाइँले परिवारको कसैसंग बार्षिक वा मासिक रुपमा कसले कति पैसा बचाउन सक्ने भन्ने प्रतिष्पर्धा गर्न सक्नु भएको खण्डमा पैसा बचाउने अभियान सफल हुन सक्छ । कसले बढी पैसा बनाउने भन्ने होडमा तपाइले खर्च समेत कन्ट्रोल गर्न थाल्नुहुनेछ । ४. पुरानो सामानलाई प्रयोग गर्नुहोस् आफ्नो पुराना समानहरुलाई पुन: प्रयोग गर्नुहोस् । उदाहरणको लागि रिचार्जेवल ब्याट्री किन्नुहोस्, मसि भर्न मिल्ने कलम किन्नुहोस । यस्तै तरिकाले हामीले दैनिक प्रयोग गर्ने धेरै सामानहरु पुन: प्रयोग गर्न सक्छौं । ५. बैंक/फाइनान्समा पैसा जम्मा गर्ने बानी बसाल्नुहोस् । यदी तपाइँ विदेशमा हुनुहुन्छ भने घरमा सिमित पैसा छुट्याएर सिधै बैंकमा आफ्नै एकाउन्टमा पैसा पठाउने ब्यबस्था मिलाउनुहोस् । हुण्डी वा बैंकमा पठाएको पैसा तापाईकै नाममा राख्दा तपाइँ २/३ बर्ष पछी फर्किदा एकमुष्ठ रकम जम्मा गर्न तथा त्यसलाई लगानी गर्न सक्नुहुनेछ । यसो गर्दा तपाइले दुखले कामएको पैसाको सदुपयोग हुन सक्छ । स्रोत : डेली न्यूज पोखरा

Categories
Tags

Related Posts

No comments:

Leave a Reply