LATEST NEWS

१६ गतेबाट नाकाबन्दी खोल्ने भारतको तयारी

Posted by Unknown ~ Thursday, 1 October 2015

राजनीतिक अभिष्ट पूरा गर्न नेपाली जनतामाथि नाकाबन्दी लगाएपछि विश्वभरबाट आलोचित बनेको भारतले प्रमुख तीन दल र मधेशवादी दलहरुका बीचमा सम्झौता भएको बहानामा यही असोज १६ गतेदेखि नाकाबन्दी खोल्ने तयारी सुरु गरेको छ। नेपाली जनताले निर्माण गरेको नयाँ संविधान नभएको भन्दै एक सातादेखि नेपाली नाकाबन्दी लगाएको भारत अप्ठेरोमा पर्दै गएपछि आगामी असोज १६ गतदेखि नाकाबन्दी खोल्ने तयारी गरेको हो। यसका लागि मधेशवादी दल र प्रमुख तीन दलका बीचमा असोज १५ गतेभित्रै सहमति गराउन जोडदारका साथ लागि परेको छ। नाकाबन्दी लगाएर मानवताविरोधी अपराध गरेको भारतले चर्को अन्तराष्ट्रिय दबाब, सुरक्षा परिषदको सदस्य राष्ट्र समेत बन्नबाट बञ्चित हुने खतरा बढेपछि वातावरण मिलाउन नाकाबन्दी खोल्ने सुरक्षित मार्गको खोजिमा जुटेको छ। अन्तराष्ट्रिय परिस्थिति बिग्रदै गएपछि नाकाबन्दी खुल्ला गर्दा भारत परस्त भएको सन्देश जाने हुँदा कुनै कुने निहुँ बनाएर खोल्ने तयारीमा नयाँ दिल्ली सक्रिय भएको छ। त्यसका लागि गोप्य दूत नै काठमाडौँमा परिचालित गरेको र अन्यभन्दा विश्वाससिला महन्त ठाकुरलाई मधेशवादीको तर्फबाट नेता बनाएर वार्ताको लागि पठाउने निर्णय गराइसकेको छ। स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply