पैसा नभएपछी श्रीमतीलाई रातभर साहुको जिम्मामा...
रकम नभएपछि ऋण तिर्नको लागि एक पुरुषले आफ्नै श्रीमतीलाई नै साहुको जिम्मा लगाएका छन् ।भारतको मध्यप्रदेशमा ऋण मिनाहा गरिदिने भन्दै ऋणीकी श्रीमतीसँग रात बिताउने साहु तथा पैसा तिर्न नसकेर साहुलाई श्रीमती जिम्मा लगाउने ऋणी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । ऋण तिर्न नसक्ने पुरुषको नाम राजा हो भने साहुको नाम चाहीँ हाकिम रहेको बताइएको छ । राजाले प्रायः हाकिमसँगबाट ऋण लिइरहन्थे । ऋण लिइरहने तर तिर्न चाहीँ नसक्ने हुँदा राजाको ऋण बढ्दै गयो । राजाकी श्रीमतीलाई आफुसँग सुत्न पठाएमा आफुले ऋण मिनाहा गरिदिने शर्त हाकिमले राखेपछि राजाकी श्रीमती साहु हाकिमबाट बलात्कृत हुन बाध्य भइन् । तर आफुमाथि भएको अन्याय उनले सहन सकिनन् र त्यस विरुद्ध प्रहरीमा उजुरी गरिन् । दुबैजनामाथि बलात्कारको अभियोगमा मुद्दा चलाइएको छ । स्रोत : दैनिक नेपाल

No comments: