पासा पल्टिँदै !
मुलुकको ३८ औँ प्रधानमन्त्री बन्न तोकिएको समयमा आफ्नो उम्मेदवारी संसदमा दार्ता गराएका एमाले अध्यक्ष केपी शर्मा ओली अर्को चमत्कारिक कुनै निर्णय नभए निर्वाचित हुने पक्का छ । तर अन्तिम समयमा आएर प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति सुशील कोइराला पनि कमजोर छैनन् ।
बाहिर ओली जति बलियो समर्थन नपाएका कोइरालाले आफ्नो पक्षमा समर्थन जुटाउन जोडबल गरिरहेको स्रोतको भनाइ छ । हुन त ओलीलाई अलि धेरै सांसद रहेका एकीकृत माओवादीको ८३ र राप्रपा नेपालको २५ सांसदले समर्थन गरेपछि सरल बहुमत देखिएको छ । ओलीले ३ सय ३३ सांसदको समर्थन पाएको दाबी एमाले नेताहरूको छ ।
यद्यपि, पाएको समर्थन र बहुमतलाई मात्रै अठ्याएर बस्ने हो भने ओलीको जित सुनिश्चित छ । अन्यथा कोइरालाको पक्षमा जान सक्ने जानकारहरूले बताउँछन् । ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र राप्रपा नेपालका अध्यक्ष कमल थापाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कोइरालाले भने आफ्ना वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका थिए । अहिलेसम्म कोइरालालाई कसैले आधिकारिक रुपमा समर्थन गरेका छैनन् ।
तर, स्रोतले कोइराला बलियो अवस्थामा रहेको दाबी गर्छ । कोइरालाले दुई स्वतन्त्र, साना दलका सांसद कुमार खड्का, लोकमणी राई, हरिचरण साह, रामकुमार राई, एकीकृत माओवादीमा नेता बाबुराम भट्टराई पक्षधर ३१ (कसैले २५ पनि भन्ने गरेको), फोरम नेपालका १५, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, तराई मधेस सद्भावना पार्टीका ३, सद्भावना पार्टीका ५, राप्रपा नेपालका ११ र राप्रपाको ८ मत पाउने दाबी छ ।
विजय गच्छदारको फोरम लोकतान्त्रिकको १४, शरतसिंह भण्डारीको ३ र राजकिशोर यादवको १ मत सहित १८ मत कोइरालालाई जाने स्रोतले दाबी गरेको छ ।
यस्तो अवस्था रह्यो भने परिणाम कोइरालाको पोल्टामा जाने पक्का छ । यद्यपि स्रोतले जति दाबी गरे पनि अहिलेसम्म कोइरालाभन्दा ओलीनै प्रधानमन्त्रीमा निर्वाचित हुनेमा अगाडि छन् ।
स्रोत : दैनिक नेपाल

No comments: