LATEST NEWS

तपाईलाई बधाइ छ, अब नाकाबन्दी खोल्छौँ’

Posted by Unknown ~ Sunday, 11 October 2015

नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत राञ्जित रायले भेट गरी शुभकामना दिएका छन् । भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आज बिहानै पुगेका राजदूत रायले ओलीलाई भारतको तर्फबाट आधिकारिक रुपमा बधाइ दिएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले भारतले लगाएको अघोषित नाकाबन्दी छिटो फिर्ता गरेर सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ । जवाफमा राजदूत रायले नाकाबन्दी खुलाउन आफूले पहल गर्ने भन्दै ओलीलाई आश्वासन दिएका थिए । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply