LATEST NEWS

८ मन्त्रालय एमाओवादीको भागमा, कुन-कुन परे त ?(थाहा पाउनुहोस)

Posted by Unknown ~ Tuesday, 13 October 2015

नवगठित सरकारको सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले ८ मन्त्रालय पाउने टुङ्गो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा साझेदार दल एमाओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको हो । मन्त्रालयको टुङ्गो लगाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच मंगलबार छलफल भएको थियो । उक्त छलफलबाट एमाओवादीले पाउने मन्त्रालयको नाम टुङ्गो लागेको एमाओवादीले जनाएको छ । जसअनुसार गृह, स्थानीय विकास, समान्य प्रशासन, वन र बाणिज्य तथा आपूर्ति मन्त्रालय एमाओवादीले पाउने भएको छ । शिक्षा र स्वास्थ्य मन्त्रालय एक तथा पर्यटन र उर्जा मध्ये एक मन्त्रालय समेत पाउनेछ । कृषि मन्त्रालय यसअघि नै पाइसकेको छ । साथै एमाओवादीले राष्ट्रपति र सभामुख दुबैमा दावी गरेको एमाओवादीका एक नेताले जानकारी दिनुभयो । यसबारेमा थप टुङ्गो लगाउन एमाओवादी बैठक बुधबार बस्दै छ ।
यस्तो छ मन्त्रालयको सूचीः 
१) उपप्रधान तथा गृह मन्त्रालय
२) स्थानीय विकास मन्त्रालय
३) समान्य प्रशासन मन्त्रालय
४) वन मन्त्रालय
५) बाणिज्य तथा आपूर्ति मन्त्रालय
६) कृषि मन्त्रालय
७) शिक्षा र स्वास्थ्य मन्त्रालय मध्ये एक
८) पर्यटन र उर्जा मन्त्रालय मध्ये एक पाउने । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply