LATEST NEWS

चीनले यसरी खोस्यो भारतको भाग

Posted by Unknown ~ Tuesday, 13 October 2015

तिब्बतमा ब्रह्मपुत्र नदीमाथि निर्माण भएको चीनको सबैभन्दा ठूलो विद्युत परियोजना-जम हाइड्रोपावर स्टेशनको सबै लाइन मंगलबारबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । चीनले परियोजनाका ६ वटा इकाइबाट ब्रह्मपुत्र नदीको विजुली देशको राष्ट्रिय प्रशारण लाइनमा जोडेको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ । चीनले विजुलीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडेपछि भारतलाई तनाव भएको छ । अर्काे तर्फ भन्दा चीनले भारतको भागै खोसेको छ । भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेको समाचार अनुसार ब्रह्मपुत्र नदी चीनको तिब्बतबाट भारत हुँदै बंगलादेशसम्म बग्ने गरेको छ । यो नदीबाट भारतले हजारौं हेक्टर जमिनमा सिँचाई गर्दै आइरहेको थियो । तर अहिले चीनले नदीको पानीबाट विजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्दा अब सिँचाईका लागि पानी नपाउने भएपछि भारत चिन्तामा डुबेको हो । भारतीय सञ्चारमाध्यमले लेखेका छन्- ब्रह्मपुत्र नदीको पानीबाट निकालिएको विजुली राष्ट्रिय लाइनमा जोडिदा पानीको धेरै खपत हुन्छ । जसका कारण भारतले पाउँदै आएको सिँचाई सुविधा अब गुमाएको छ । यसले भारतलाई ठूलो नोक्सान गर्नेछ ।’ सबैभन्दा ठूलो यो परियोजनाले एक वर्षमा २.५ अरब किलोवाट बिजुली उत्पादन गर्ने बताईएको छ । यो विजुलीलाई तिब्बतका विभिन्न भागमा समेत प्रवाह गरिने उक्त विद्युत परियोजना निर्माण गर्ने कम्पनी ‘चाइना गेझोउबा ग्रुप’ले जनाएको छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply