बाबुरामको यस्तो सुझाव
भारतपरस्त भएको आरोप खेप्दै आउनु भएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नाकाबन्दी भारतको हैकवाद भएको बताउनुभएको छ ।
थारुले कैलालीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न पश्चिम आएका भट्टराईले विहीबार नेपालगन्ज विमानस्थलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतले लगाएको नाकाबन्दीको मुकाबिला गर्न सबै राष्ट्रिय शक्ति एकजुट हुनुको विकल्प नभएको बताउनुभयो ।
भारतले नेपालमाथि पटक पटक हैकमवाद लाद्दै आएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रियताको रक्षाका लागि उठ्ने बेला भएको बताउनुभयो । लामो प्रयासपछि मुलुकले नयाँ संविधान पाएपनि मधेसी, थारु र आदिवासी÷जनजातिका माग अझैँ समेट्न बाँकी रहेको बताउनुभयो । उहाँले संविधान संशोधनमार्फत मधेसी, थारु र आदिवासी÷जनजातिको माग समेट्न राजनीतिक दललाई सुझाव दिनुभयो । मधेसी, थारु र आदिवासी÷जनजातिको अधिकार स्थापित गराउन आफू मधेस दौडाहामा निस्केको उहाँले जिकिर गनुभयो ।
कस्तो पार्टी गठन गर्ने भन्ने कुनै योजना तय भइनसकेको बताए पनि उहाँले चाडै नै नयाँ शक्तिको जन्म हुने स्पष्टा पार्नुभयो । भट्टराई आजै राजधानी फर्किनु भएको छ । स्रोत : दैनिक नेपाल

No comments: