LATEST NEWS

अविवाहित बनायो लामो नङ पालेर वल्र्ड रेकर्ड राख्ने सपनाले

Posted by Unknown ~ Wednesday, 28 October 2015

भारतको महाराष्ट्रका श्रीधार चिलालले सन् १९५२ देखि आफ्नो बायाँ हातको नङ नकाटेर सन् २०१४ को नोभेम्बरमा गिनिज बुकमा नाम लेखाएका छन्। उनको बायाँ हातका औँलाहरुमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च पुगिसकेको छ। उनको बुढि औँलाको नङ मात्रै ६.५ फिट लामो छ। श्रीधरले आफुलाई पढाउने गुरुबाट प्रभावित भएर नङ पालेको बताइएको छ। श्रीधरले आफ्नो नङ म्यूजियममा दिने भएका छन्। उनले आफ्नो नङ म्यूजियममा दिन पाएकोमा धेरै गर्व लागेको पनि बताए। ७७ वर्षका श्रीधर चिलालले नङ पालेकै कारण विभिन्न समस्या भोग्नुपरयो । उनको परिवारले धेरै लामो नङ किन पालेर भनेर उनलाई गाली गर्ने गर्दथे। साथै उनको हरेक काममा परिवारको सहयोग हुदैनथ्यो। त्यति मात्र नभई उनलाई लामो नङ भएको कारणलेनै कसैले पनि जागिर दिदैनथे। उनको हातमा भएको नङको कारणले १० देखी १२ जना केटी उनीसँग विवाह गर्न मानेनन्। स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply