LATEST NEWS

आफ्नी छोरीले सेक्स गरेको पत्ता लगाउन बाबुले ‘भर्जिनिटी टेस्ट’ गराएपछि…

Posted by Daily News Pokhara ~ Saturday, 17 October 2015

एजेन्सी । स्वीडेनमा एक अण्डरकवर जाँचमा यहाँका किशोरी युवतीहरुको इच्छा विपरित ‘भर्जिनिटी टेस्ट’ (कुमारीत्व परिक्षण) गराउने चलन रहेको पाइएको छ । ‘इण्डीपेडेण्ट’को रिपोर्ट अनुसार स्वीडेनमा धर्ममा विश्वास गर्ने परिवारले आफ्नी छोरी चेलीको ‘भर्जिनिटी टेस्ट’ गरिरहेका छन् । किनकी छोरी चेलीले किशोरावस्था कुनै पुरुषसँग त सेक्स गरेको छैन् भनेर पत्ता लगाउन । स्वीडेनको एक टेलिभिजन कार्यक्रम ‘कल्ला फाक्ता’ (कोल्ड फैक्ट)मा देखाएको दृश्य रिपोर्टअनुसार डाक्टरले युवतीहरुको इच्छा विपरित परिवारको आग्रहमा उनीहरुको ‘भर्जिनिटी टेस्ट’गर्छन् ।यहाँका अभिभावकहरुले महिना दिनमा नियमित आफ्ना छोरी चेलीलाई डाक्टर कहाँ लगेर ‘भर्जिनिटी टेस्ट’ गराउँछन् । युवतीको विरोधका बावजूद डाक्टर ‘भर्जिनिटी टेस्ट’ गरेर सर्टिफिकेट जारी गर्न तयार हुन्छन् ।स्वीडेनको कानून अनुसार यदि डाक्टरले युवतीले सेक्स गरेको शंका लागेमा प्रहरीमा खबर गर्न पाउने व्यवस्था समेत छ । तर, यहाँका अभिभावकहरु डाक्टरलाई पैसा दिएर घटना गुपचुप राखी ‘भर्जिनिटी टेस्ट’ गर्छन् । एक डाक्टर जेनीले भनेका छन्- मैले अहिलेसम्म सयौं युवतीको ‘भर्जिनिटी टेस्ट’ गरिसकेको छु, तर अधिकांश सेक्स गरेका पाइए ।स्वीेडेनमा अझै पनि विवाह अघिको सेक्स मान्य हुँदैन् । यस्तो कानुनको मानव अधिकारवादी संघसंगठनले विरोध गर्दै आएका छन् । उनीहरुले महिलाको मानव अधिकार उल्लंघनको आरोप लगाउँदै आएका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply