LATEST NEWS

डा. रामवरण भन्छन मधेसी समुदायबाटै राष्ट्रपति हुनुपर्छ

Posted by Unknown ~ Wednesday, 14 October 2015

राष्ट्रपति डा. रामवरण यादवले लामो मौनता तोड्दै फेरि राष्ट्रपति हुने इच्छा देखाएका छन् । साथै अबको राष्ट्रपति मधेसी समुदायकै व्यक्ति हुनु उपयुक्त हुने डा. यादवको तर्क छ । भारतीय पत्रिका द हिन्दुका लागि दिएको अन्तर्वार्तामा राष्ट्रपति डा. यादवले यदि राजनीतिक दलहरुले चाहेमा आफू फेरि राष्ट्रपति हुन तयार रहेको बताएका छन् । राष्ट्रपति यादवले भनेका छन्- ‘नेपालमा प्रतिनिधिमूलक सरकार चाहिन्छ, देश र राजनीतिक दलहरुले माग गरे भने राष्ट्रपतिका रुपमा फेरि देशको सेवा गर्न तयार छु ।’ संसदले दसैंलगत्तै नयाँ राष्ट्रपतिको चुनाव गर्ने तयारी गरेको छ । सरकारको नेतृत्व गर्ने दल एमालेले राष्ट्रपति लिने तयारी गरेपछि भित्रभित्र अनेक खेल भइहरहेको छ । व्यवस्थापिका संसदले नयाँ राष्ट्रपति चयन गर्नुअघि वर्तमान राष्ट्रपति डा. यादवले राजीनामा दिनुपर्नेछ । राष्ट्रपति डा. यादवले अबको नयाँ राष्ट्रपति पनि मधेसी समुदायबाट हुनु राम्रो हुने बताए । उनले भने, मलाई विश्वास छ दलहरुले ग्राउण्डको कुरा सुनेका छन् र त्यस अनुुसार निर्णय गर्नेछन् ।’ उनले अघि भने, मैले यो भनेको छैन कि म नै हुनुपर्छ । तर, देशमा सन्तुलनका लागि मधेसी छान्नु राम्रो हुनेछ ।’ राष्ट्रपति डा. यादवले मधेसको समस्यालाई कार्पेटमुनि राखेर समाधान गर्न नसकिने बताएका छन् । स्रोत :कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply